2026-09-18 11:47 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

चेकजाँचमा ट्राफिक प्रहरीको कडाई, मनोमानी भाडा रोक्न गाडिमा भाडादर पत्र राख्नु पर्ने

ललीत बोहरा/फागुन २८, डडेल्धुरा । ट्राफिक प्रहरी पोष्ट डडेल्धुराले सवारीका साधनको चेकजाँचमा कडाई गर्नुका साथै यात्रु सहजताका लागि नँया अभियान थाल्दै छ ।

सार्वजनिक सवारीका साधनमा नेपालमा पहिलो पटक ट्राफिक नियम लेमिनेसन कार्ड अनिवार्य गराएको थियो । यस संगै ग्रामिण सडकमा चेक जाँच, नियमित चेकजाँच, छड्के चेकजाँच गर्दै आएको छ ।

उग्रतारा, डडेल्धुरा सार्वजनिक यातायात समितीद्धारा संञ्चालित सवारी साधनले ग्रामिण सडकमा मनोमानी भाडा असुल्ने कार्य नरोकिएको बताउदै ट्राफिक पोष्ट डडेल्धुराका प्रमुख प्रहरी नायव निरिक्षक बिर बहादुर एडीले सवारीका साधनमा भाडादर कार्ड स्पष्ट देखिने गरि अनिवार्य राख्नु पर्ने बताएका छन ।

उग्रतारा यातायात समितीका अध्यक्ष सन्तोष खड्काले समितीले ईजाजत दिएको सडकमा कुनै पनि सवारीका साधनले मनोमानी भाडा नलिएको बताएका छन । भाडादर कार्ड छपाईको प्रत्रिया अघि बढेको उनले जनाएका छन ।

समितीले ईजाजत नदिएको सडकमा चल्ने सवारी साधानले आफुखुसी भाडा लिने गरेको अध्यक्ष खड्काले बताएका छन । विभिन्न ग्रामिण सडकमा समितीले ईजाजत नदिएको समितीले बताए पनि उग्रतारा सार्वजनिक यातायात लेखिएका जिप गाडि ग्रामिण सडकमा चल्ने गरेका छन । बिना चलान संञ्चालनमा रहेका जिपलाई समितीले नियन्त्रणमा लिन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई