बैशाख १, पाल्पा । जिल्लाकै विकट र दुर्गम क्षेत्र अर्चलेको बोगादी खोलामा झोलुङ्गे पुल बनेपछि दुर्गमका बासिन्दा उत्साहित भएका छन् । 

निस्दी गाउँपालिका–६"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बैशाख १, पाल्पा । जिल्लाकै विकट र दुर्गम क्षेत्र अर्चलेको बोगादी खोलामा झोलुङ्गे पुल बनेपछि दुर्गमका बासिन्दा उत्साहित भएका छन् । 

निस्दी गाउँपालिका–६"/>

२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

दुर्गममा झोलुङ्गे पुल बनेपछि स्थानीयवासी उत्साहित

२ बैशाख २०७४, शनिबार ०७:४५

बैशाख २, पाल्पा । जिल्लाकै विकट र दुर्गम क्षेत्र अर्चलेको बोगादी खोलामा झोलुङ्गे पुल बनेपछि दुर्गमका बासिन्दा उत्साहित भएका छन् । 

निस्दी गाउँपालिका–६ को चिदिया र सातदोबाटो जोड्ने यस खोलामा झोलुङ्गे पुल नबन्दा यहाँका स्थानीयवासीले वर्षौंदेखि निकै सास्ती भोग्दै आएका थिए । अहिले पुल बनेसँगै यस क्षेत्रका स्थानीयवासीले खुसी व्यक्त गरेका छन् । 

क्षेत्र विकास अन्तर्गत पोखराको रु १७ लाख ६० हजार ३ सय ६, साविकको जिल्ला विकास समिति पाल्पाको रु ६९ हजार ४३५, अर्चले गाविसबाट रु ४८ हजार आठ सय ३३, स्थानीयवासीको जनश्रमदानबाट रु ४६ हजार ७२५ गरी जम्मा १९ लाख २५ हजार २७४ रुपैयाँको लागतमा पुल निर्माण सम्पन्न भएको पुल निर्माण समितिका अध्यक्ष कृष्णबहादुर सुनारीले जानकारी दिनुभयो । 

इन्द्रेणी समाज केन्द्रको प्राविधिक सहयोगमा निर्माण भएको पुलको ५६ मिटर लम्बाइ रहेको छ । यहाँ निर्माण भएको पुलबाट, अर्चले, मित्याल र ज्यामिरे आसपासका झन्डै एक हजार ५०० स्थानीयवासी लाभान्वित हुने भएका छन् । 

गाउँमा पुल नबन्दा वर्षाद्को समयमा विद्यालय जाने विद्यार्थी खोला तर्न नसकेर बिचबाटै घर फर्कन बाध्य थिए, भने स्थानीयवासीले दैनिक जीवनयापन चलाउन निकै कष्ट भोग्दै आएका थिए । 

८० वर्षीय तिलिसरा सुनारीले यस खोलामा पुल बन्छ, भन्ने कहिल्यै कल्पना पनि गर्नुभएको थिएन, अहिले पुल बनेको देख्न पाउदा आफूलाई निकै खुसी लागेको बताउनुहुन्छ । 

गत असोज २ गते सम्झौता भई काम सुरु भएको पुल छोटो समयमा नै जिल्लामै पहिलो नमुनाका रुपमा पुल निर्माण गर्न उपभोक्ता समिति सफल भएको पुल निर्माण उपभोक्ता समितिका सचिव यमबहादुर सार्कीले बताउनुभयो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य