पर्वत । शुक्रबार साँझ वर्षासँगै परेको असिनाले पर्वतमा नगदे तथा खाद्यान्य बालीमा टूलो क्षति पुगेको छ । फलेवास नगरपालिकासहित फलामखानीमा परेको असिनाका कारण सुन्तला, तरकारी बाली र काटने अवस्थामा रहेको गहुँ बालीमा क्षति र्पुयाएको हो "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । शुक्रबार साँझ वर्षासँगै परेको असिनाले पर्वतमा नगदे तथा खाद्यान्य बालीमा टूलो क्षति पुगेको छ । फलेवास नगरपालिकासहित फलामखानीमा परेको असिनाका कारण सुन्तला, तरकारी बाली र काटने अवस्थामा रहेको गहुँ बालीमा क्षति र्पुयाएको हो "/>
४ पुष २०८२, शुक्रबार
पर्बत - PBT

असिनाले बालीनाली सखाप, कृषक चिन्तित

२ बैशाख २०७४, शनिबार १०:४९

पर्वत । शुक्रबार साँझ वर्षासँगै परेको असिनाले पर्वतमा नगदे तथा खाद्यान्य बालीमा टूलो क्षति पुगेको छ । फलेवास नगरपालिकासहित फलामखानीमा परेको असिनाका कारण सुन्तला, तरकारी बाली र काटने अवस्थामा रहेको गहुँ बालीमा क्षति र्पुयाएको हो ।

असिनाले बतिला लाग्दै गरेको सुन्तला,काँक्रा, लौका, फर्सी, भिन्डी, साग, कोपी र गहुँ लगाएतको बालीमा क्षति र्पुयाएको कृषकले बताएका छन् ।

करिब एक घण्टा लगातार परेको असिनाले फलेवास नगरपालिकाको ठानामौला र लिमीठाना,पाङग्राङमा किसानहरुको फुल्दै गरेका सुन्तला नष्ट भएका छन् । यतिबेला सुन्तला फूल खेल्ने बेला हो ।

पर्वतको ठानामौला र लिमिठानाका किसानहरुको मुख्य आम्दानीको श्रोत सुन्तला तथा तरकारी खेती हो । असिना पानीले खेती नष्ट गरेपछि उनीहरु चिन्तित बनेका छन् । यहाँका एएटै किसानले सुन्तला बाट बार्षीक करिब १२ लाखको आम्दानी गर्दै आएका छन् ।

http://suchanakendra.com/wp-content/uploads/2017/04/

उक्त ठाउँमा सुन्तलाको फूलमा बढी क्षति र्पुयाएको जिल्ला कृषि विकास कार्यालय पर्वतले जानाएको छ । कार्यालय अनुसार अहिले सुन्तलाको फूल फुल्ने समय भएकाले अधिकांश गाविसका कृषकले लगाएको सुन्तलाको फूल असिनाले झार्दा यस वर्ष सुन्तला उत्पादनमा कमी आउने देखिएको छ ।

काक्रा खेतीको पकेट क्षत्र मानिने पाङग्राङमा समेत असिनाले भर्खरै रोपेको काक्राका चिचिलो नष्ट गरेपछी किसना मर्कामा परेका छन् । उनीहरुले काक्रा बाट लाखौँ आम्दानी गर्दै आएका छन् ।

जिल्ला कृषि विकास कार्यालय पर्वतले क्षतिको विवरण आज शनिवार भएकाले आईतबार विहानै देखि संकलन गर्ने काम गर्ने बरिष्ठ कृषि विकास अधिकृत बासुदेव रेग्मीले जानकारी दिनुभयो । शुक्रबार साँझ वर्षासँगै करीव आधा घन्टा असिना परेको थियो ।

-माधब पराजुलीबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ