पर्वत । शुक्रबार साँझ वर्षासँगै परेको असिनाले पर्वतमा नगदे तथा खाद्यान्य बालीमा टूलो क्षति पुगेको छ । फलेवास नगरपालिकासहित फलामखानीमा परेको असिनाका कारण सुन्तला, तरकारी बाली र काटने अवस्थामा रहेको गहुँ बालीमा क्षति र्पुयाएको हो "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । शुक्रबार साँझ वर्षासँगै परेको असिनाले पर्वतमा नगदे तथा खाद्यान्य बालीमा टूलो क्षति पुगेको छ । फलेवास नगरपालिकासहित फलामखानीमा परेको असिनाका कारण सुन्तला, तरकारी बाली र काटने अवस्थामा रहेको गहुँ बालीमा क्षति र्पुयाएको हो "/>
2026-09-19 09:01 PM
पर्बत - PBT

असिनाले बालीनाली सखाप, कृषक चिन्तित

पर्वत । शुक्रबार साँझ वर्षासँगै परेको असिनाले पर्वतमा नगदे तथा खाद्यान्य बालीमा टूलो क्षति पुगेको छ । फलेवास नगरपालिकासहित फलामखानीमा परेको असिनाका कारण सुन्तला, तरकारी बाली र काटने अवस्थामा रहेको गहुँ बालीमा क्षति र्पुयाएको हो ।

असिनाले बतिला लाग्दै गरेको सुन्तला,काँक्रा, लौका, फर्सी, भिन्डी, साग, कोपी र गहुँ लगाएतको बालीमा क्षति र्पुयाएको कृषकले बताएका छन् ।

करिब एक घण्टा लगातार परेको असिनाले फलेवास नगरपालिकाको ठानामौला र लिमीठाना,पाङग्राङमा किसानहरुको फुल्दै गरेका सुन्तला नष्ट भएका छन् । यतिबेला सुन्तला फूल खेल्ने बेला हो ।

पर्वतको ठानामौला र लिमिठानाका किसानहरुको मुख्य आम्दानीको श्रोत सुन्तला तथा तरकारी खेती हो । असिना पानीले खेती नष्ट गरेपछि उनीहरु चिन्तित बनेका छन् । यहाँका एएटै किसानले सुन्तला बाट बार्षीक करिब १२ लाखको आम्दानी गर्दै आएका छन् ।

http://suchanakendra.com/wp-content/uploads/2017/04/

उक्त ठाउँमा सुन्तलाको फूलमा बढी क्षति र्पुयाएको जिल्ला कृषि विकास कार्यालय पर्वतले जानाएको छ । कार्यालय अनुसार अहिले सुन्तलाको फूल फुल्ने समय भएकाले अधिकांश गाविसका कृषकले लगाएको सुन्तलाको फूल असिनाले झार्दा यस वर्ष सुन्तला उत्पादनमा कमी आउने देखिएको छ ।

काक्रा खेतीको पकेट क्षत्र मानिने पाङग्राङमा समेत असिनाले भर्खरै रोपेको काक्राका चिचिलो नष्ट गरेपछी किसना मर्कामा परेका छन् । उनीहरुले काक्रा बाट लाखौँ आम्दानी गर्दै आएका छन् ।

जिल्ला कृषि विकास कार्यालय पर्वतले क्षतिको विवरण आज शनिवार भएकाले आईतबार विहानै देखि संकलन गर्ने काम गर्ने बरिष्ठ कृषि विकास अधिकृत बासुदेव रेग्मीले जानकारी दिनुभयो । शुक्रबार साँझ वर्षासँगै करीव आधा घन्टा असिना परेको थियो ।

-माधब पराजुलीबाट 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो