ललित बोहरा/बैशाख २, डडेल्धुरा । पानी दिने देवताका रुपमा परिचित डडेल्धुरा जिल्लाको अमरगढी ३ डोटी घटालमा रहेको प्रसिद्ध धार्मीक स्थल घटालथानमा नयाँबर्षको मेला"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

ललित बोहरा/बैशाख २, डडेल्धुरा । पानी दिने देवताका रुपमा परिचित डडेल्धुरा जिल्लाको अमरगढी ३ डोटी घटालमा रहेको प्रसिद्ध धार्मीक स्थल घटालथानमा नयाँबर्षको मेला"/>

2026-09-19 11:13 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुराको प्रसिद्ध धार्मीकस्थल घटाल थानमा मेला सम्पन्न


ललित बोहरा/बैशाख २, डडेल्धुरा । पानी दिने देवताका रुपमा परिचित डडेल्धुरा जिल्लाको अमरगढी ३ डोटी घटालमा रहेको प्रसिद्ध धार्मीक स्थल घटालथानमा नयाँबर्षको मेला सनीबार सम्पन्न भएको छ ।

बैशाख सक्रान्तीका दिन देखी लागेको मेला सनीबार सम्पन्न भएको हो । पहिलो दिन घटालथानमा पुजा पाठ गरि रातभरी जाग्राम वस्ने गरिन्छ भने दोस्रो दिन सनीबार विभिन्न स्थानबाट श्रद्धालुभक्तजन जम्माभई मेला लागेको छ ।

घटालस्थानमा हरेक नयाँ वर्षको पहिलो दिन पूजा हुन्छ भने २ गतेका दिन  मेला लाग्ने गर्दछ । मेलामा धामीहरूले आ–आफ्ना समस्या समाधानका निम्ति गएकाहरू लाई म्याद दिएरै समस्या हल गरिदिने आश्वासन दिने गर्दछन् ।

देउताको प्रभाव र शक्तिलाई प्रदर्शन गर्नका लागि धामीहरुले बालुवा खाएर शक्ति प्रर्दशन समेत गरेका छन् । धामीहरूले पहिले–पहिले ६० घडा बालुवा र ६० घडा पानी खाने गर्थे भन्ने किंबदन्ती स्थानीय रुपमा प्रचलित छ । मुखभरीको बालुवा पानीसँगै घुटुघुटु निल्दा पनि दैवी शक्तिकै कारण स्वास्थ्यमा कुनै समस्या नदेखिने धामीहरू बतचाउछन् ।

आफ्नो मनोकामना पुरा भएका हरूले यहाँ विभिन्न पशुपंक्षीको बली दिने चलन पनि रहि आएको छ । किंवदन्ती अनुसार राजा नागी मल्लकी पुत्र विहिन रानीले भारतको गढवालबाट घटाल देउता दाइजोमा ल्याएको तर देउतालाई अहिले मन्दिर रहेको स्थानबाट दरबार सम्म लग्न नसकिए पछि त्यहीं नै घटालबाबा स्थापना गरिएको बताइन्छ ।

डडेल्धुरा, डोटी लगायतका पश्चिमी क्षेत्रमा आस्तिकहरू माझ घटाल बाबाले मनोकामना पुरा गरिदिने जनविश्वास रहेको पाइन्छ ।  खडेरी परेको वर्ष स्थानीयबासीले पानी देउ भन्ने नारा लगाउँदै खोलाको पानी लगेर घटालशीलाको प्वालमा हाल्छन् र वर्षाको कामना गर्ने चलन रहि आएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो