पर्वत । स्व. नवराज रिजालको दोस्रो स्मिृती दिवस आज पर्वतको फलेवास नगरपालिका ८ ठानामौलामा सम्पन्न भएको छ । पर्वतमा सामाजिक क्षेत्रमा क्रियाशिल रिजालको सम्झनामा स्थापित सोडेक सृजनशिल नवराज स्मृतीकोषको आयोजनामा सो कार्यक्रम सम्पन्न भएका हो ।
हेरक वर्ष वैशाख २ गते आयोजना गरिने स्मिृती दिवसमा विभन्न सामाजिक क्षेमा सेवा पुर्यउने व्यक्ति तथा विद्यार्थीहरुलाई पुरस्कार वितरण गर्ने कार्यक्रम अनुसार यस वर्ष जनज्योती उच्च माविमा अध्ययनरत विद्यार्थी विवेक आचार्यलाई शैक्षिक सामाग्री प्रदान गरिएको छ ।
कार्यक्रममा स्मिृती कोषको भावी कार्ययोजनाका वारेमा स्व.रिजालका भाई रमेश रिजालले कार्यपत्र पस्तुत गर्नूभएको थियो भने उहाले सामाजिक क्षेत्रमा पुर्याको योगदानको वारमा कोषका संयोजक देवीप्रसाद तिमिल्सिननाले जानकारी गराउनु भएको थियो ।कार्यक्रममा सुभचिन्तकहरु शारदा शर्मा , कृष्ण प्रसाल तिवारी ,मन व. कुवंर लगाएतले उहाको सम्झनामा मन्तव्य रोखका थिए ।
सोडेक सृजनशिल नवराज स्मृतीकोषका संयोजक देवी प्रसाद तिमिल्सिनाको अध्यक्षतामा सम्पन्न कार्यक्रको संचालन कोषका सचिव टिकाराम भुषालले गरेका थिए ।