२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

झापामा ‘माछा ब्लक’ कार्यक्रम सुरु

३ बैशाख २०७४, आईतवार ०८:४५

बैशाख ३, झापा। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत एक नगरपालिका र एक गाउँपालिकामा ‘माछा ब्लक’कार्यक्रम सुरु गरिएको छ । 

परियोजना अन्तर्गत गौरादह नगरपालिका र कचनकवल गाउँपालिकाको ६० हेक्टर जमिनमा माछा ब्लक कार्यक्रम सुरु गरिएको जिल्ला कृषि कार्यालयका सहायक प्राविधिक प्रदीप श्रेष्ठले जानकारी दिनुभयो । 

उहाँका अनुसार ब्लक कार्यक्रमलाई विस्तार गरी माछा जोनका रुपमा विकास गर्ने लक्ष्य राखिएको छ । यसका लागि पाँच सय हेक्टर जमिनमा माछापालन गर्नुपर्ने हुन्छ । माछा ब्लक क्षेत्रमा पोखरी खन्नका लागि प्रतिहेक्टर रू तीन लाख १४ हजार रुपैयाँ बजेट आएको सहायक प्राविधिक श्रेष्ठले बताउनुभयो । 

हाल झापामा माछाको उत्पादकत्व तीन दशमलव पाँच प्रतिशत रहेकामा यसलाई वृद्धि गरी चार बनाउने लक्ष्य छ । झापामा अहिले वार्षिक करिब एक हजार मेट्रिक टन माछा उत्पादन हुँदैआएको छ । 

यसैबीच, कार्यालयले जिल्लाभरका ४५ जना किसानलाई नयाँ पोखरी निर्माणका लागि रू ४५ लाख अनुदान उपलब्ध गराएको छ । पन्ध्र हेक्टर क्षेत्रफलमा नयाँ पोखरी निर्माणका लागि किसानलाई रकम उपलब्ध गराइएको प्राविधिक सहायक श्रेष्ठले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ