२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

मह उत्पादनमा आत्मानिर्भर बन्दै नवलपरासी

३ बैशाख २०७४, आईतवार ०८:४९

वैशाख ३,नवलपरासी। नवलपरासी जिल्ला मह उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ । नगदे आम्दानीका रुपमा आजभोलि किसानले मौरीपालन व्यवसायीलाई अघि बढाउदै आएका हुन् । 

सहजै रुपमा मौरीपालन गर्न सकिने भएकाले मौरीपालनप्रति किसान आकर्षित बन्दै गएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत तेजनारायण गैरेले जानकारी दिनुभयो । नवलपरासी जिल्लाभित्र उत्पादन हुने गरेको मह जिल्लाको स्थानीय बजारसहित बुटवल, चितवन, पोखरा, काठमाडौँ लगायत बजारमा पुग्ने गर्दछ । 

यसैबीच नवलपरासीको मध्यवर्ती क्षेत्र आसपासका यस क्षेत्रमा मौरी चराउन ल्याउने किसानको सङ्ख्या बढेको छ । अहिलेको मध्यवर्ती आसपास निकै धेरै मात्रामा मौरीका घार देख्न सकिन्छ । परम्परागत घार एक ठाउँबाट अर्को ठाउँमा जौलान झन्झट हुने गरे पनि आधुनिक घार भने एक स्थानबाट अर्को स्थानमा सवारीसाधानमा राखी सजिलैसँग लैजान सकिने हुँदा बाहिरी जिल्लाबाट यहाँ चरनका लागि ल्याउने गरेका छन् । मौरीका लागि आवश्यक पर्ने आहारका लागि प्रशस्त मात्रामा फूल फुल्ने बोटबिरुवा आवश्यक पर्ने र त्यसका लागि मध्यवर्ती क्षेत्र उपयुक्त ठाउँ भएकाले किसानले चरनका लागि नवलपुर क्षेत्रको मध्यवर्ती क्षेत्रमा ल्याउने गरेका हुन् । 

विशेषगरी फागुन महिना सुरु भएपछि यस क्षेत्रमा मौरी ल्याउने र वैशाख महिनामा लैजाने गरिएको छ । मध्यवर्तीमा शान्त वातावरणसँगै मौरीका लागि राम्रो हावापनी रहेको पनि यस क्षेत्रमा मौरी चराउनका लागि ल्याउने गरेको र दैनिकरुपमा यहाँ मौरी ल्याउनेको सङ्ख्या बढ्दै गएको छ । कृष्णसारमा मात्रै यो वर्ष करिब एक हजार दुई सयभन्दा मौरीका घार चरनका ल्याइएको छ । मध्यवर्ती क्षेत्रदेखि नजिक धेरै खेतीयोग्य जमिन रहेको र त्यहाँ फूल फुल्ने तोरीलगायत अन्य खेतीसँगै मध्यवर्ती वनमा रहेका बिरुवा मौरीका लागि प्रमुख आहारा हुन् । अन्य क्षेत्रमा भन्दा यहाँ चरन गराउँदा बढी मात्रामा मह उत्पादन हुने र किसानले बढी आम्दानी गर्ने हुदाँ आफूले चरनका लागि मध्यवर्ती रोज्ने गरेको सम्बद्ध किसानको भनाइ छ । यहाँ रुपन्देही, चितवनलगायत जिल्लाका विभिन्न स्थानबाट मौरी चरनका लागि ल्याउने गरिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा रु ६७ लाखको क्षति सशस्त्रद्वारा दुर्घटनामा आधारित कृत्रिम उद्धार अभ्यास प्रस्तुत अमेरिकी व्यापार नीतिको असर, जर्मनीको वृद्धि दर घट्ने सङ्केत ट्रकमा कार ठोक्किँदा वृद्धको मृत्यु जिप दुर्घटनामा तीन जनाको मृत्यु, आठ घाइते हरेक कार्यक्रममा युवापुस्तालाई समेट्नुपर्नेमा सञ्चारमन्त्रीको जोड मन्त्रिपरिषद् विस्तार हुँदै, थपिए चार मन्त्री ‘अण्डा’को लागत मूल्य बढ्यो सुनचाँदीको मूल्य निरन्तर उकालोतिर नागढुङ्गा मलेखु सडकखण्ड : शुक्रबार र शनिबार आंशिक बन्द नहुने