2026-09-19 06:03 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

मह उत्पादनमा आत्मानिर्भर बन्दै नवलपरासी

वैशाख ३,नवलपरासी। नवलपरासी जिल्ला मह उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ । नगदे आम्दानीका रुपमा आजभोलि किसानले मौरीपालन व्यवसायीलाई अघि बढाउदै आएका हुन् । 

सहजै रुपमा मौरीपालन गर्न सकिने भएकाले मौरीपालनप्रति किसान आकर्षित बन्दै गएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत तेजनारायण गैरेले जानकारी दिनुभयो । नवलपरासी जिल्लाभित्र उत्पादन हुने गरेको मह जिल्लाको स्थानीय बजारसहित बुटवल, चितवन, पोखरा, काठमाडौँ लगायत बजारमा पुग्ने गर्दछ । 

यसैबीच नवलपरासीको मध्यवर्ती क्षेत्र आसपासका यस क्षेत्रमा मौरी चराउन ल्याउने किसानको सङ्ख्या बढेको छ । अहिलेको मध्यवर्ती आसपास निकै धेरै मात्रामा मौरीका घार देख्न सकिन्छ । परम्परागत घार एक ठाउँबाट अर्को ठाउँमा जौलान झन्झट हुने गरे पनि आधुनिक घार भने एक स्थानबाट अर्को स्थानमा सवारीसाधानमा राखी सजिलैसँग लैजान सकिने हुँदा बाहिरी जिल्लाबाट यहाँ चरनका लागि ल्याउने गरेका छन् । मौरीका लागि आवश्यक पर्ने आहारका लागि प्रशस्त मात्रामा फूल फुल्ने बोटबिरुवा आवश्यक पर्ने र त्यसका लागि मध्यवर्ती क्षेत्र उपयुक्त ठाउँ भएकाले किसानले चरनका लागि नवलपुर क्षेत्रको मध्यवर्ती क्षेत्रमा ल्याउने गरेका हुन् । 

विशेषगरी फागुन महिना सुरु भएपछि यस क्षेत्रमा मौरी ल्याउने र वैशाख महिनामा लैजाने गरिएको छ । मध्यवर्तीमा शान्त वातावरणसँगै मौरीका लागि राम्रो हावापनी रहेको पनि यस क्षेत्रमा मौरी चराउनका लागि ल्याउने गरेको र दैनिकरुपमा यहाँ मौरी ल्याउनेको सङ्ख्या बढ्दै गएको छ । कृष्णसारमा मात्रै यो वर्ष करिब एक हजार दुई सयभन्दा मौरीका घार चरनका ल्याइएको छ । मध्यवर्ती क्षेत्रदेखि नजिक धेरै खेतीयोग्य जमिन रहेको र त्यहाँ फूल फुल्ने तोरीलगायत अन्य खेतीसँगै मध्यवर्ती वनमा रहेका बिरुवा मौरीका लागि प्रमुख आहारा हुन् । अन्य क्षेत्रमा भन्दा यहाँ चरन गराउँदा बढी मात्रामा मह उत्पादन हुने र किसानले बढी आम्दानी गर्ने हुदाँ आफूले चरनका लागि मध्यवर्ती रोज्ने गरेको सम्बद्ध किसानको भनाइ छ । यहाँ रुपन्देही, चितवनलगायत जिल्लाका विभिन्न स्थानबाट मौरी चरनका लागि ल्याउने गरिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ