2026-08-29 08:32 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

बिमा गर्न कृषि कार्यालयको आग्रह

बैशाख ३,धादिङ । चैते धान खेती गर्ने कृषकलाई सरकारले अुदान दिने भएकोले कृषकलाई बाली विमा गर्न जिल्ला कृषि विकास कार्यालयले आग्रह गरेको छ । 

कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत केशव देवकोटाले बिमा गरेका कृषकलाई मात्र अनुदान दिन मिल्ने भएकाले चैते धानबाली खेती लगाएका कृषकले बाली बिमा गर्नुपर्नेमा जोड दिनुभएको हो । 

वृहत्तर धान उत्पादन कार्यक्रम अन्तर्गत एक सय हेक्टरका लागि सरकारले रु पाँच लाख अनुदान दिने भएको छ । कृषकले अनुदान प्राप्त गर्नका लागि चैते धान लगाएपछि धानबालीको बिमा गर्नुपर्नेमा हालसम्म कुनैपनि कृषकले सिफारिस लिन आएका छैनन । जिल्लामा धानबाली बिमा गर्दा कृषकले बिमा रकमको २५ प्रतिशत र सरकारले ७५ प्रतिशत दिने भएकोले सरकारले बिमाको रकम दिनका लागि जिल्ला कृषि विकास कार्यालयको फिारिस लिनुपर्ने हुन्छ । धादिङ जिल्लामा दुई हजार ५१५ हेक्टर जमिनमा चैते धान खेती गरिएको सो कार्यालयले जनाएको छ । अनुदान पाउनका लागि प्रति हेक्टर चार टन धान उत्पादन गर्नुपर्नेहुन्छ । 

धादिङबेँसीमा इन्सेकले आयोजना गरेको सेवा प्रदायक र सेवाग्राही बीचको अन्तक्र्रिया कार्यक्रममा कृषकले बिमा नगर्दा अनुदानसमेत नपाउने भएकोले आधारभूत कृषकसम्म सूचना पु¥याउने व्यवस्थाका लागि सेवाग्राहीले माग गरेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता चितवनमा भोटेकोशी बाढीका १०८ शव फेला, पहिचान र व्यवस्थापनका लागि विशेष व्यवस्था बाढीले बगाएको शवबाट सुनका गहना चोर्ने दुई जना पक्राउ गोसाइँकुण्ड गएका धादिङका आठ शिक्षक सम्पर्कविहीन चीनको चेतावनी- नेपालका दुई नदीबीच ठूलो ताल बन्यो, तीन दिनमा फुट्न सक्छ भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो