बैसाख ३,चारआली/प्रकाश उप्रेती। लोपोन्मुख जाति मेचे समुदायले नयाँ वर्षमा मनाउँदै आएको महान् पर्व बैसागु बथर विविध कार्यक्रम गरी मनाएका छन् । मेचे शिवियारी आफात केन्द्रीय समिति"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बैसाख ३,चारआली/प्रकाश उप्रेती। लोपोन्मुख जाति मेचे समुदायले नयाँ वर्षमा मनाउँदै आएको महान् पर्व बैसागु बथर विविध कार्यक्रम गरी मनाएका छन् । मेचे शिवियारी आफात केन्द्रीय समिति"/>
२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

झापा - JP

मेचे समुदायको नयाँ वर्ष बैसागु बथरमा विविध कार्यक्रम

३ बैशाख २०७४, आईतवार १२:१८

बैसाख ३,चारआली/प्रकाश उप्रेती। लोपोन्मुख जाति मेचे समुदायले नयाँ वर्षमा मनाउँदै आएको महान् पर्व बैसागु बथर विविध कार्यक्रम गरी मनाएका छन् । मेचे शिवियारी आफात केन्द्रीय समितिले आइतबार धाइजनमा आफ्नो जातिको संस्कार, संस्कृतिलाई जगेर्ना गर्ने उद्देश्यले पर्व मनाएका हुन् । झापा जिल्लाका विभिन्न ठाउँमा बसोबास गर्दै आएका आफ्नो समुदायसँगै एकै ठाउँमा सहभागी भएर नयाँ वर्षको शुभकामना आदानप्रदानसँगै मनाउने गर्दै आएका छन् ।

कार्यक्रममा केन्द्रीय समितिलाई २० लाखबढी मूल्यको जग्गा निःशुल्क प्रदान गर्ने नरेन्द्र मेचे (गछाम) र विशु मेचेलाई विषेश सम्मान गरेको छ भने अन्य दर्जनौं दाताहरुलाई पनि खादा र प्रमाणपत्रद्धारा सम्मान गरेको छ । सोही कार्यक्रममा नरेन्द्र मेचे (गछाम) ले संस्थालाई १ लाख २५ हजार रुपैयाँ प्रदान गरेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल आदिवासी जनजाति महासंघका केन्द्रीय महासचिव नृत्यनन्द ताजपुरियाले सम्मानित व्यक्ति खादा र प्रमाणपत्रद्धारा सम्मान गरेका थिए । कार्यक्रममा यो वर्ष ४० लाख अनुमानसहितको चार कोठे र एउटा हल निर्माणाधिन अवस्थामा रहेको अध्यक्ष रुपेश मेचेले जानकारी दिए । उनले झापा र मोरङमा ५ हजार दुई सय ६८ जनसंख्या रहेको समेत जानकारी दिए ।

भवन निर्माणका लागि सहयोग गर्ने दानविरहरु २० लाख रकम प्रदान गर्ने नेपाल आदिवारी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठान, सभाषद् रविन कोइराला, उषा गुरुङ, भुवन मेचे, मोहन मेचे, केदार गिरी, शेरवहादुर थापालगातयलाई भवन निर्माणका लागि आर्थिक तथा जिन्सी सामाग्री सहयोगीलाई सम्मान गरेको हो । मेचे समुदायमा बासमातारी, नाजिरीहरी, छौपन्नारी, मछाहारी चार प्रकारका थर रहेको र एक थरीसँग अर्को थर भएको व्यक्तिसँग विहेवारी हुने चलन रहेको छ ।  

झापा जिल्लाका ७ नगरपालिका तथा गाउँ पालिकाबाट मेचे समुदायको बृहत्त सहभागिता रहेको थियो । साथै आसाम, गुहावटीलगायतका ठाउँबाट सहभागीले नृत्य, गायन तथा झाँकी प्रस्तुत गरेका थिए ।

रुपेश मेचेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सभाषद् उषा गुरुङ, नेपाली कांग्रेसका विमल आर्चाय, माओवादी केन्द्रका हंशलाल राजवंशी, प्रकाश बुढाथोकी, एमालेका विष्णु प्रसाई, संघीय समाजवादी पार्टीका धनप्रसाद गुरुङ, किरात राई योयख्याका केवलराम राई, दाता नरेन्द्र मेचे, मेचीनगर वडा कार्यालयका सचिव शुर्दसन बराल, चन्दन मेचे, कालु मेचे, बुढाकान्त ब्रम्हलगायतले बोलेका थिए । रोस्नी मेचेले स्वागत गरेको कार्यक्रमको सञ्चालन गंगा मेचे र विन्दा मेचेले गरेका थिए ।  

 

 

 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा