Skip to content
Friday, July 17, 2026 Nepali Online Media

मेचे समुदायको नयाँ वर्ष बैसागु बथरमा विविध कार्यक्रम

By kit 6 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

बैसाख ३,चारआली/प्रकाश उप्रेती। लोपोन्मुख जाति मेचे समुदायले नयाँ वर्षमा मनाउँदै आएको महान् पर्व बैसागु बथर विविध कार्यक्रम गरी मनाएका छन् । मेचे शिवियारी आफात केन्द्रीय समितिले आइतबार धाइजनमा आफ्नो जातिको संस्कार, संस्कृतिलाई जगेर्ना गर्ने उद्देश्यले पर्व मनाएका हुन् । झापा जिल्लाका विभिन्न ठाउँमा बसोबास गर्दै आएका आफ्नो समुदायसँगै एकै ठाउँमा सहभागी भएर नयाँ वर्षको शुभकामना आदानप्रदानसँगै मनाउने गर्दै आएका छन् ।

कार्यक्रममा केन्द्रीय समितिलाई २० लाखबढी मूल्यको जग्गा निःशुल्क प्रदान गर्ने नरेन्द्र मेचे (गछाम) र विशु मेचेलाई विषेश सम्मान गरेको छ भने अन्य दर्जनौं दाताहरुलाई पनि खादा र प्रमाणपत्रद्धारा सम्मान गरेको छ । सोही कार्यक्रममा नरेन्द्र मेचे (गछाम) ले संस्थालाई १ लाख २५ हजार रुपैयाँ प्रदान गरेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल आदिवासी जनजाति महासंघका केन्द्रीय महासचिव नृत्यनन्द ताजपुरियाले सम्मानित व्यक्ति खादा र प्रमाणपत्रद्धारा सम्मान गरेका थिए । कार्यक्रममा यो वर्ष ४० लाख अनुमानसहितको चार कोठे र एउटा हल निर्माणाधिन अवस्थामा रहेको अध्यक्ष रुपेश मेचेले जानकारी दिए । उनले झापा र मोरङमा ५ हजार दुई सय ६८ जनसंख्या रहेको समेत जानकारी दिए ।

भवन निर्माणका लागि सहयोग गर्ने दानविरहरु २० लाख रकम प्रदान गर्ने नेपाल आदिवारी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठान, सभाषद् रविन कोइराला, उषा गुरुङ, भुवन मेचे, मोहन मेचे, केदार गिरी, शेरवहादुर थापालगातयलाई भवन निर्माणका लागि आर्थिक तथा जिन्सी सामाग्री सहयोगीलाई सम्मान गरेको हो । मेचे समुदायमा बासमातारी, नाजिरीहरी, छौपन्नारी, मछाहारी चार प्रकारका थर रहेको र एक थरीसँग अर्को थर भएको व्यक्तिसँग विहेवारी हुने चलन रहेको छ ।

झापा जिल्लाका ७ नगरपालिका तथा गाउँ पालिकाबाट मेचे समुदायको बृहत्त सहभागिता रहेको थियो । साथै आसाम, गुहावटीलगायतका ठाउँबाट सहभागीले नृत्य, गायन तथा झाँकी प्रस्तुत गरेका थिए ।

रुपेश मेचेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सभाषद् उषा गुरुङ, नेपाली कांग्रेसका विमल आर्चाय, माओवादी केन्द्रका हंशलाल राजवंशी, प्रकाश बुढाथोकी, एमालेका विष्णु प्रसाई, संघीय समाजवादी पार्टीका धनप्रसाद गुरुङ, किरात राई योयख्याका केवलराम राई, दाता नरेन्द्र मेचे, मेचीनगर वडा कार्यालयका सचिव शुर्दसन बराल, चन्दन मेचे, कालु मेचे, बुढाकान्त ब्रम्हलगायतले बोलेका थिए । रोस्नी मेचेले स्वागत गरेको कार्यक्रमको सञ्चालन गंगा मेचे र विन्दा मेचेले गरेका थिए ।