पर्वत बैशाख ४ गते । तान्त्रिक विधिद्वारा झारफुक गरेर रोग निको पार्ने वहानामा पर्वतका एक व्यक्तिले ८ बर्षिया बालिकालाई जवर्जस्ती करणी गरेका छन् ।
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत बैशाख ४ गते । तान्त्रिक विधिद्वारा झारफुक गरेर रोग निको पार्ने वहानामा पर्वतका एक व्यक्तिले ८ बर्षिया बालिकालाई जवर्जस्ती करणी गरेका छन् ।
२०८३, २२ जेष्ठ शुक्रबार
पर्बत - PBT

झारफुकको नाउँमा बालिकामाथि दुव्र्यवहार

२०७४, ४ बैशाख सोमबार ०९:५७

पर्वत बैशाख ४ गते । तान्त्रिक विधिद्वारा झारफुक गरेर रोग निको पार्ने वहानामा पर्वतका एक व्यक्तिले ८ बर्षिया बालिकालाई जवर्जस्ती करणी गरेका छन् । पर्वतको कुश्मा नगरपालिका २ घर भई हाल जलजला गाउँपालिका ३ बउरमा झारफुक गरी वस्ने वर्ष ४५ का खिम बहादुर परियारले ८ बर्षिया बालिकालाई जवरजस्ती करणी    गरेका हुन् ।


गत चैत ३१ गते साँझ ५ बजेको समयमा झारफुकका लागि घरमा पुगेकी बालिकालाई परियारले मुलमा बस्ने मसान लागेकाले पुजा गर्नका लागि जंगलमा जानुपर्ने वहाना रच्दै जंगलमा नै बालिकामाथि दुव्र्यवहार गरेका थिए ।


परियारले घरबाट १५ मिनेटको दुरीमा रहेको माटेपानीको जंगलमा बालिकालाई जवर्जस्ती  गरेका हुन् । पिडित बालिकाका परिवारले प्रहरी समक्ष परियारले जवर्जस्ती गरेको किटानी जाहेरी दिएपछि प्रहरीले पिडक परियारलाई पक्राउ गरेको छ ।


पिडितको निवेदनको आधारमा परियारलाई पक्राउ गरेको र प्रारम्भिक अनुसन्धान पश्चात आइतबार जवरजस्ती करणी अन्तर्गत मुद्धा दर्ता गरी थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय पर्वतको हिरासतमा राखिएको प्रहरी निरिक्षक लिलाराज लामिछानेले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली