सागर शर्मा/बैशाख ४, प्यूठान । विद्यालय भर्ना नभएका बालबालिकालाई घरमै गएर भर्ना हुन आह्वानगर्ने जिल्ला शिक्षा कार्यालयले जनाएको छ । 

सोमबार जिल्ला शिक्षा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सागर शर्मा/बैशाख ४, प्यूठान । विद्यालय भर्ना नभएका बालबालिकालाई घरमै गएर भर्ना हुन आह्वानगर्ने जिल्ला शिक्षा कार्यालयले जनाएको छ । 

सोमबार जिल्ला शिक्षा"/>

2026-09-19 06:10 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

प्यूठानमा भर्ना अभियान चलाइने

सागर शर्मा/बैशाख ४, प्यूठान । विद्यालय भर्ना नभएका बालबालिकालाई घरमै गएर भर्ना हुन आह्वानगर्ने जिल्ला शिक्षा कार्यालयले जनाएको छ । 

सोमबार जिल्ला शिक्षा कार्यालय प्यूठानले आफ्नै सभाहलमा गरेको विद्यार्थी भर्ना अभियान –२०७४ बिषयक अन्तक्रिया कार्यक्रममा घरघरमा विद्यालयभर्ना नभएका वालवालिकाहरुलाई घरमै गएर भर्ना गराउने जानकारी दिएको हो । 

‘हामी सबैको इच्छा, अनिवार्य निःशुल्क आधारभुत शिक्षा’भन्ने नारा सहित विद्यालयलाई क्षेत्र भित्र रहेका बालबालिकालाई सम्बन्धीत क्षेत्रभित्र वालभर्ना अभियान चलाउन लागेको जिल्ला शिक्षा अधिकारी कल्पना घिमिरेले बताइन् । जिल्लाका १९ ओटा विद्यालयमा सघन भर्ना अभियान चलाउने भएको हो । 

पुजा जाडगाउँ, खलाचौर र बाक्लिवाङ, रजवाराको ढाडखानी , लिघाको सरीमा, गोठीवाङको सुपरखोला र धपखोला, हंसपुरको दोमै, चुँजाको थाम, रम्दीको एकचोटे,स्वर्गद्धारीको अनक, बेलवासको तिमिले, प्यूठान नगरपालिकाको भेडावारी, डाडाँयाउँ र बाटुले, भिंग्रीको गावधारा, ओखरकोट चौके, मरन्ठानाको फुलवारी लगायतकाविद्यालयमा संघन रुपमाभर्ना अभियान चलाउन थालीएको हो ।

विद्यालय टाढा भएर भर्ना हुननआउने विद्यालयभर्ना भएर पनि नियमित उपस्थित नहुने भएकाले जिल्ला शिक्षा कार्यालयले नै भर्ना अभियान सञ्चालनगर्न लागेको  अधिकारी घिमिरेले जानकारी दिइन् । 

जिल्ला शिक्षा कार्यालय प्यूठानले जिल्लामा रहेका किशोरी र सबै खाले अपाङ्गता भएका बालबालिकाहरुलाई अनुगमन तथा निरिक्षण गरि अभियान गर्ने निर्णय गरियो । ‘अनुगमन पछि वालवालिकाहरुलाई भर्ना गराउन अभिभावकलाई उत्प्रेरित गर्ने गरि लागेका छौँ।’ शिक्षाअधिकारी कल्पना घिमिरेले वताईन ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई