बैशाख ५, काठमाडौं । वाग्मती सफाइ अभियानको सफलतासँगै चक्रपथ सफाइ अभियान सुरु भएको छ । वाग्मती सफाइ महाअभियान सुरु भएको २०५औँ हप्तामा वसुन्धराबाट चक्रपथ सफाइ अभियान सुरु "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बैशाख ५, काठमाडौं । वाग्मती सफाइ अभियानको सफलतासँगै चक्रपथ सफाइ अभियान सुरु भएको छ । वाग्मती सफाइ महाअभियान सुरु भएको २०५औँ हप्तामा वसुन्धराबाट चक्रपथ सफाइ अभियान सुरु "/>
२०८३, १२ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वाग्मती सफाइ अभियानको सफलतासँगै अब चक्रपथ सफाइ

२०७४, ५ बैशाख मंगलवार ०१:३२

बैशाख ५, काठमाडौं । वाग्मती सफाइ अभियानको सफलतासँगै चक्रपथ सफाइ अभियान सुरु भएको छ । वाग्मती सफाइ महाअभियान सुरु भएको २०५औँ हप्तामा वसुन्धराबाट चक्रपथ सफाइ अभियान सुरु भएको हो ।

शनिबार मात्रै चक्रपथ सफाइ अभियानअन्तर्गत १० मेट्रिक टन फोहोर सङ्कलन तथा व्यवस्थापन गरिएको छ । वाग्मती सफाइ अभियानका संयोजक तथा पूर्व सचिव किशोर थापाले गोरखापत्रसँग कुरा गर्दै वाग्मती सफाइको सफलताबाट उत्साहित भएर चक्रपथ सफाइ अभियान प्रारम्भ गरिएको बताउनुभयो ।

वाग्मती सफाइ महाअभियान २००औँ हप्तामा प्रवेश गरेको अवसरमा सरकारद्वारा जारी दसबुँदे सफाइ घोषणापत्रको कार्यान्वयनस्वरूप चक्रपथ सफाइ अभियान सुरु गरिएको उहाँले बताउनुभयो । मुख्य सचिव डा। सोमलाल सुवेदीले सो घोषणापत्र जारी गर्नुभएको थियो ।

पूरा चक्रपथ नै सफाइ गरिने दीर्घकालीन लक्ष्य रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार नौ किलोमिटर चक्रपथ खण्ड विस्तार कार्य सम्पन्नपछि सफाइ गरिनेछ । सडकका फोहोरमैला नदीनालामा नै विसर्जन हुने भएकाले सडक सफा नभएसम्म नदीनाला पनि सफा हुन नसक्ने बताउँदै संयोजक थापाले सडक सफाइसँगै उपत्यकाका नदीनालासमेत सफा हुने विश्वास व्यक्त गर्नुभयो ।

चक्रपथ सफाइको क्रममा १० मेट्रि«क टन फोहोर सङ्कलन गरी त्यसको व्यवस्थापन गरिएको थियो । चक्रपथ सफाइ अभियानका क्रममा करिब चार सय जनाको सहभागिता थियो ।

अभियानको शुभारम्भ गर्दै शहरी विकासमन्त्री अर्जुननरसिंह केसीले घरटोल र हाम्रा सडक किनारा सफा नभएसम्म नदीनाला पनि सफा हुन नसक्ने भएकाले चक्रपथ सफाइ अभियान सुरु गरिएको बताउनुभयो । उहाँले चक्रपथ सफाइ अभियानले उपत्यकाका नदीनाला सफाइमा मद्दत पुग्ने विश्वाससमेत व्यक्त गर्नुभयो । यसैगरी शनिबारको सफाइ अभियानअन्तर्गत उपत्यकाका विभिन्न नदीनालाबाट करिब १३ मेट्रि«क टन फोहोर सङ्कलन गरी त्यसको व्यवस्थापन गरिएको जानकारी वाग्मती सफाइ अभियन्ता चक्रबहादुर चन्दले दिनुभयो ।

उहाँका अनुसार वाग्मती सफाइको २०५औँ हप्तामा बुद्धनगरमा वाग्मती सफाइ गरी १० मेट्रि«क टन फोहोर सङ्कलन गरी सोको व्यवस्थापन गरिएको थियो । त्यसैगरी रुद्रमती सफाइको १६४औँ हप्तामा रातोपुलदेखि गौशाला हुँदै बत्तीसपुतली राममन्दिरसम्म सफाइ गरी करिब दुई मेट्रिक टन फोहोर सङ्कलन गरी व्यवस्थापन गरिएको थियो ।

त्यसैगरी विष्णुमती सफाइको १३६औँ हप्तामा तारकेश्वर नगरपालिकाको घलेपुल, गुह्येश्वरीमाथिको वाग्मती र पशुपति क्षेत्रमा समेत विभिन्न सङ्घसंस्थाको संयोजनमा सफाइ अभियान सञ्चालन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै कारको ठक्करबाट एक बालिकाको मृत्यु शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य बढ्यो एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने