मोहम्मद ईजहार शेष | बैशाष ५ , परासी । जिल्ला बाल सञ्जाल नवलपरासीको अध्यक्षमा प्रेम बहादुर नेपाली चयन भएका छन् । 

सञ्जालको हिजोवाट गैडाकोटमा भएको ज"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मोहम्मद ईजहार शेष | बैशाष ५ , परासी । जिल्ला बाल सञ्जाल नवलपरासीको अध्यक्षमा प्रेम बहादुर नेपाली चयन भएका छन् । 

सञ्जालको हिजोवाट गैडाकोटमा भएको ज"/>

२०८३, १० बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

जिल्ला बाल सञ्जालको अध्यक्षमा प्रेम नेपाली

२०७४, ५ बैशाख मंगलवार १५:५१

मोहम्मद ईजहार शेष | बैशाष ५ , परासी । जिल्ला बाल सञ्जाल नवलपरासीको अध्यक्षमा प्रेम बहादुर नेपाली चयन भएका छन् । 

सञ्जालको हिजोवाट गैडाकोटमा भएको जिल्ला बाल भेला तथा आठौं अधिवेषनवाट बर्दघाट नगर बाल सञ्जालका अध्यक्ष समेत रहेका नेपालीको अध्यक्षतामा १५ सदस्सीय जिल्ला कार्य समिति आज सर्वसम्मत रुपमा चयन भएको हो । जस्को उपाध्यक्षमा मधेसवाट अमरमणि गुप्ता , भित्री मधेसवाट सनिल गिरी  र पहाडवाट बोल बहादुर राना मगर चयन भएका छन् भने सचिवमा आस्मा अर्याल , सहसचिवमा अल्का आचार्य र कोषाध्यक्षमा अनिशा गौतम चयन भएका छन् । यस्तै सदस्यहरुमा रामाशंकर सिंह , आरती भुर्तेल , सिता न्यौपाने , पुर्ण बहादुर अस्लामी , दुर्गा बिक , छबि थापा मगर र निकिता पाठक चयन भएका छन् । 

बाल सञ्जालकी निबर्तमान जिल्ला अध्यक्ष विपना शर्माको अध्यक्षता तथा स्थानीय बिकास अधिकारी युवराज कट्टेलको प्रमुख आतिथ्यमा हिजो बाल भेलाको उद्घाटन गरीएको थियो । दुई दिने बाल भेलामा जिल्ला बाल कल्याण समिति नवलपरासीका सदस्य एंव नेपाली कांग्रेसका जिल्ला सभापति बिष्णु लामिक्षाने , जिल्ला बाल सञ्जालका संस्थापक सचिव एंव नेपाल प्रेस युनियनका केन्द्रिय सचिव केबि राना , जिल्ला समन्वय समिति नवलरासीका बालमैत्री फोकल पर्सन पुष्कर काफ्ले , महिला तथा बालबालिका कार्यालय नवलपरासीकी प्रमुख उर्वरा लुईटेल , बाल अधिकार कर्मि दिपक शर्मा , मिना पौडेल लगायतले बाल अधिकार बारे सहजीकरण गर्नु भएको थियो । बालभेलामा सहभागि प्रतिनिधिहरुले आसन्न स्थानीय तहको चुनावमा बालबालिका प्रयोग नगर्ने र नगराउने प्रतिबद्धता समेत जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ कानूनमन्त्री गौतमसँग जापानका राजदूतको भेट मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक विद्यार्थी सङ्गठन खारेजी गर्ने सरकारको तयारीको विरोधमा प्रदर्शन संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक आज बस्दै मन्त्रिपरिषद् बैठक बस्दै सुन-चाँदीको मूल्य घट्यो राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा