बैशाख ६, तिलोत्तमा (रुपन्देही) | ‘हामी सबैको इच्छा, अनिवार्य निःशुल्क आधारभूत शिक्षा’ भन्ने नाराका साथ सरकारले यस वर्ष विद्यार्थी भर्ना अभियानअन्तर्गत रुपन्देहीम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बैशाख ६, तिलोत्तमा (रुपन्देही) | ‘हामी सबैको इच्छा, अनिवार्य निःशुल्क आधारभूत शिक्षा’ भन्ने नाराका साथ सरकारले यस वर्ष विद्यार्थी भर्ना अभियानअन्तर्गत रुपन्देहीम"/>
२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

७ हजार बालबालिकालाई विद्यालय ल्याउने रुपन्देहीको लक्ष्य

६ बैशाख २०७४, बुधबार ०१:४३

बैशाख ६, तिलोत्तमा (रुपन्देही) | ‘हामी सबैको इच्छा, अनिवार्य निःशुल्क आधारभूत शिक्षा’ भन्ने नाराका साथ सरकारले यस वर्ष विद्यार्थी भर्ना अभियानअन्तर्गत रुपन्देहीमा ७ हजार बालबालिकालाई विद्यालयमा ल्याउने लक्ष्य लिएको छ । 

जिल्ला शिक्षा अधिकारी टेक बहादुर थापाले जिल्लाको विकट गाविसमा विद्यालयको पहुँच भन्दा बाहिर रहेका ७ हजार बालबालिकालाई विद्यालयमा ल्याउने कार्यक्रम रहेको बताउनुभयो । उहाँका अनुसार रुपन्देही जिल्लाको दक्षिणी क्षेत्र धकघही, मैनिहवा, पडसरी लगायतका गाविसका बालबालिकाहरु विद्यालय भर्ना हुन सकेका छैनन् । 

ती क्षेत्रमा बसोबास गर्ने मुहसर, पथत्करकट्टा जस्ता पिछडिएका जातिका बालबालिका विद्यालयको पहुँचभन्दा बाहिर रहेकाले विद्यालयमा ल्याउन यही शैक्षिक सत्रदेखि विशेष छात्रवृतिको व्यवस्था समेत गरिएको छ । 

जिल्लामा अहिले बाल विकास केन्द्रअन्र्तगत सामुदायिक विद्यालयतर्फ १० हजार ६७७ बालबालिका अध्ययनरत छन् भने संस्थागत विद्यालयतर्फ २३ हजार ७९९ बालबालिका रहेका छन् । तिनीहरुमध्ये कम्तीमा १० हजार कक्षा १ मा भर्ना हुने अनुमान गरिएको थापाले बताउनुभयो । 

बालबालिकालाई विद्यालय ल्याउन घरदैलो कार्यक्रमसहित भर्ना अभियान सञ्चालन गरिएको बुटवल १३ देवीनगरमा रहेको नवीन औद्योगिक माविका प्राचार्य प्रेम बस्नेतले बताउनुभयो । 

जिल्ला शिक्षा कार्यालय रुपन्देहीले भर्ना अभियानलाई सार्थक बनाउन पर्चा, पम्पलेट, फ्लेक्स प्रिन्ट ठाउँ ठाउँमा राखेर प्रचार गरिरहेको छ । स्थानीय भाषा खासगरी अवधी भाषा प्रचार सामग्रीहरु छापिएका छन् । 

भर्ना भएका बालबालिकालाई विद्यालयमा टिकाइराख्न सरकारले निःशुल्क पाठ्यपुस्तक र छात्रवृत्ति वितरण, अभिभावक शिक्षा अभियान, वैकल्पिक सिकाइ केन्द्र, दिवा खाजा, अनौपचारिक प्राथमिक शिक्षा, वैकल्पिक शिक्षा र प्राथमिक बाल शिक्षा कार्यक्रम कार्यक्रम सञ्चालनमा ल्याएको छ । रुपन्देहीको बुटवल तथा भैरहवा जस्ता सहर पनि ठूल्ठूला शैक्षिक संस्थाहरु रहेका छन् । थापाले सहरभित्र पनि होटलमा काम बाल मजदुर र सडक बालबालिकाहरुलाई विद्यालय ल्याउन लागि प्रयास गरिएको बताउनुभयो । 

रुपन्देहीमा हाल २३९ वटा प्राथमिक विद्यालय सञ्चालित छन् जसमा सामुदायिक १३८ र निजी १०१ छन् । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य