पढ्न करिब 1 मिनेट लाग्छ

मोहम्मद ईजहार शेष/बैशाष ६, परासी । नवलपरासीको परासी स्थित लिटिल एञ्जल्स मावि परासीमा अध्ययनरत कक्षा १२ तथा परासी क्यामम्पसका स्नातक चौथो वर्षका विद्यार्थिहरुलाई आज एक कार्यक्रमका बिच बिदाई गरीएको छ ।

क्याम्पसमा गठित श्री भुवन अम्बिका स्मृति प्रतिष्ठानको आयोजना तथा कक्षा ११ र स्नातक प्रथम, द्धित्तिय तथा त्रितिय बर्षका विद्यार्थिहरुको सह आयोजनामा भएको कार्यक्रममा क्याम्पसका सहायक प्रमुख गोबिन्द न्यौपानेको प्रमुख आतिथ्य तथा प्रतिष्ठानका अध्यक्ष राहुल कर्णको अध्यक्षता रहेको थियो ।

कार्यक्रममा क्याम्पसका सहायक प्रमुख न्यौपानेले यहि बैशाष १० गतेवाट सुरु हुने कक्षा १२ को परीक्षामा बिद्यार्थिहरुको पुर्ण सफलताको शुभकामना ब्यक्त गर्नु भएको थियो । कार्यक्रममा मन्तब्य राख्दै उँहाले अत्यन्तै मिलनसार र मिहनेती बिद्यार्थिहरुलाई आज बिदाई गर्नु परेको भन्दै यो दुखद क्षण भएको बताउनु भयो ।

परासीका क्याम्पसका यो वर्षका स्नातक चौथो बर्षका विद्यार्थिहरु पहिलो ब्याचका रहेको र अत्यन्त मिलनसार र पढाईमा समन्वयताको भावना साथै मिहनेती रहेको भन्दै प्रसंश गर्नुभयो । निजी क्षेत्रवाट यस क्षेत्रमा एक मात्र परासी क्याम्पसले न्युन शुल्कमा पढाईमा गुणस्तरीय ब्यवस्था गरेको छ ।

कार्यक्रममा क्याम्पसका शिक्षकहरु श्याम कोहांर, प्रकाश बर्नवाल, बिजयराज दवाडी लगायतले विद्यार्थिहरुको पुर्ण सफलताका लागि शुभकामना ब्यक्त गर्नु भएको थियो ।