जिल्ला प्रशासन कार्यालय पर्वतले आगामी बैशाख ३१ गते हुन गइरहेको स्थानीय तहको निर्वाचनको अवधिभर सुरक्षा कार्यमा खटिएका सुरक्षाकर्मीले बाहेक अन्य कुनैपनि व्यक्तिले हात हतियार लिएर हिड्न प्रतिवन्ध लगाएको छ । कार्यालयका अनुसार कुनै प"/>
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... जिल्ला प्रशासन कार्यालय पर्वतले आगामी बैशाख ३१ गते हुन गइरहेको स्थानीय तहको निर्वाचनको अवधिभर सुरक्षा कार्यमा खटिएका सुरक्षाकर्मीले बाहेक अन्य कुनैपनि व्यक्तिले हात हतियार लिएर हिड्न प्रतिवन्ध लगाएको छ । कार्यालयका अनुसार कुनै प"/>
२०८३, २२ जेष्ठ शुक्रबार
पर्बत - PBT

हात हतियार लिएर हिड्न प्रतिबन्ध

२०७४, ६ बैशाख बुधबार ०६:४९

जिल्ला प्रशासन कार्यालय पर्वतले आगामी बैशाख ३१ गते हुन गइरहेको स्थानीय तहको निर्वाचनको अवधिभर सुरक्षा कार्यमा खटिएका सुरक्षाकर्मीले बाहेक अन्य कुनैपनि व्यक्तिले हात हतियार लिएर हिड्न प्रतिवन्ध लगाएको छ । कार्यालयका अनुसार कुनै प्रकारको विष्फोटक पदार्थ वा रासायनिक वा विषालु पदार्थ, लाठी, भाला, खुकुरी, बन्दुक, पेस्तोल वा त्यस्तै प्रकारका अन्य हातहतियार लिएर हिँडडुल गर्न, प्रदर्शन गर्न वा प्रयोग गर्न गराउन पूर्णतः निषेध गरिएको हो । 

सहायक प्रमुख जिल्ला अधिकारी प्रविण ढकालका अनुसार प्रतिबन्धित गतिविधि भए गरेको पाइएमा कानून बमोजिम कारवाही हुने जानकारी दिए । साथै कार्यालयले जारी गरेको सूचना अनुसार मदिरा तथा मदिराजन्य पदार्थको अवैध उत्पादन तथा बिक्री वितरण कार्यमा समेत पूर्ण बन्देज गरिएको हुँदा त्यस्ता कार्य नगर्न÷नगराउन सचेत गराएको छ । कार्यालयको सूचना विपरित भए गरेको पाइएमा कानून बमोजिम कारवाही गरिने सप्रजिअ ढकालले बताए ।

जिल्ला प्रशासन कार्यालय पर्वतले सामान्य अवस्थाको भन्दा सुरक्षा व्यवस्थालाई मजबुत बनाएको बताएको छ । स्थानिय सुरक्षा समितिको आईतवार बसेको बैठकले सुरक्षा सवेदनशीलता अध्ययन गरी रणनीति बनाएको हो । कार्यालयले निषेध गरेका कुनै पनि हातहतियार अथवा औजार लिएर हिडेको पाइएमा वा कुनै पनि निर्वाचन र शान्ति सुरक्षा विथोल्ने  गतिविधी भएको पाइएमा हातहतियार अनुगमन ऐन बमोजिम  कारवाही गरिने उनको भनाई छ । त्यस्तै मदिरा तथा मदिराजन्य पदार्थको अवैध उत्पादन तथा विक्रि वितरण कार्यमा समेत पूर्ण बन्देज गरिएको छ ।

यदि मदिरा विक्रि वितरण गरिएको पाईएमा स्थानिय प्रशासन ऐन तथा मदिरा नियन्त्रण ऐन  बमोजिम कारवाही गरिने जिल्ला प्रशासन कार्यालय पर्वतले जनाएको छ  । जिल्ला प्रहरी कार्यालयका प्रमुख शेखर खनालका  अनुसार निर्वाचनका बेला हुने अपराधिक घटना नियन्त्रण र घटना संलग्नको पहिचानका लागि सादा पोशाकका पनि प्रहरी परिचालन गरिएको छ । विशेष गरि जिल्ला दुई नगरपालिका र पाँच गाउँपालिकाका बजार क्षेत्रमा प्रहरी निगरानी बढाइएको र सम्भावित घटना हुनसक्ने क्षेत्रमा प्रहरीलाई २४ घण्टा नै निगरानीमा राखिएको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचन सफल पार्न मतदान केन्द्र र मतदाताको सुरक्षा लगायतका विषयमा बारम्बार जिल्ला सुरक्षा समितिको बैठक बस्ने गरेको पर्वतका सप्रजिअ ढकालले जानकारी दिए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली