साजन परियार, पर्वत ।

कस्तो अच्चम ! खानेपानी महशुल तिर्न नसक्ने भन्दै यहाँको एक नगरपालिकाका दलित समुदायलाई खानेपानी सुविधावाट बञ्चित गराईएको छ । जिल्लाको फलेवास नगरपालिका–५ खा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साजन परियार, पर्वत ।

कस्तो अच्चम ! खानेपानी महशुल तिर्न नसक्ने भन्दै यहाँको एक नगरपालिकाका दलित समुदायलाई खानेपानी सुविधावाट बञ्चित गराईएको छ । जिल्लाको फलेवास नगरपालिका–५ खा"/>

2026-09-19 08:48 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

कस्तो अच्चम ! महशुल तिर्न नसक्ने भन्दै दलित समुदायलाई खानेपानी सुविधावाट बञ्चित

साजन परियार, पर्वत ।

कस्तो अच्चम ! खानेपानी महशुल तिर्न नसक्ने भन्दै यहाँको एक नगरपालिकाका दलित समुदायलाई खानेपानी सुविधावाट बञ्चित गराईएको छ । जिल्लाको फलेवास नगरपालिका–५ खानीगाउँका दलित समुदायलाई खानेपानी सुविधावाट बञ्चित गराईएको हो ।

खानेपानीको महसुल तिर्न सक्दैनन भनेर खानोपानी उपभोक्ता समितिले नै दलित समुदायलाई खानेपानी रोकेको स्थानीयवासीले वताएका छन् । फलेवास वृहत वोर्ड स्तरिय खानेपानी उपभोक्ता समितीका अध्यक्ष दिर्घनारायण कुँवरको निर्देशनमा साविकको खानीगाउँ ७ का दलित वस्तीमा खानेपानीको लाईन विस्तार गर्न दिइएको छैन । दलित तथा विपन्न समुदायका परिवार बसोवास गर्ने उक्त ठाउँमा करिव ४५ घरधुरी खानेपानी सुविधावाट बञ्चित हुँदा समस्यामा भएको बताउँछन् ।

हाम्रै घर अगाडीवाट पानीको लाईन गाडिएको छ तर हामीलाई पानी दिइएको छैन स्थानीय यामवहादुर परियारले भने– पैसा तिर्न सक्दैनन भन्ने वाहना वनाएर हाम्रो गाउँमा पानी दिइएन् । हाम्रो घरको पछाडीवाट खानेपानीका पाईप विस्तार गरेका छन् अन्य समुदायका मानिसहरुले पानी खाएका छन् । तर, हामीलाई खानेपानी उपभोग गर्न दिएनन् यो कति सम्मको अत्याचार परियारले भने,

http://suchanakendra.com/wp-content/uploads/2017/04/

विपन्न र आर्थिक हैषियत कमजोर रहेका समुदायलाई यसरी खानेपानीवाटै वञ्चित गराउनु मानवअधिकारको गम्भिर उलंघन हो । अर्को तिर खानीगाउँ लाई खानेपानी तथा सरसफाईमा नमूना वनाउने अभियान चलिरहेको छ । आर्थिक हैषीयत कमजोर रहेको वाहनामा यसरी एउटा समुदायलाई खानेपानीवाट वञ्चित गराउँदा लिएको लक्ष्यमा समेत प्रश्न खडा गरेको छ ।

स्थानीय समुदायले खानेपानीको सुविधा वाट वञ्चित गराउन खोजिएको भन्दै फलेवास नगरपालिका, जिल्ला समन्वय समिति र जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालयमा उजुरी गर्ने तयारी गरेका छन् ।

यता फलेवास वृहत वोर्ड स्तरिय खानेपानी उपभोक्ता समितीका अध्यक्ष दिर्घनारायण कुँवरले आफुले केही व्यक्तिलाई सोधेको तर, पैसा तिर्न सक्दैनौ भनेपछि योजना विस्तारमा रोक लगाएको बताउनु भयो । उहाँले खानेपानी सुविधावाट कसैलाई बञ्चित गर्न नखोजेको बताउनु भयो ।

गाउँमा खानेपानी नहुँदा उनीहरुलाई खानका साथै गाईभैसीलाई खुवाउन पनि समस्या भएको छ ।

खानेपानीका लागि व्यवस्था मिलाईदिन दलित समुदायले सरोकारवाला निकायलाई आग्रह गरेका छन् । दलित समुदायप्रति गरिने व्यवहार कम हुँदै गएपनि दलितप्रति हेरिने व्यवहार भने पूर्ण रुपमा परिर्वतन भइनसकेको नेपाल दलित संघ पर्वतका सह–सचिव साजन परियारले बताए ।

जिल्लालाई नै व्यावहारिक रुपमा छुवाछुत मुक्त बनाउन अभियान चलेको बेला जातकै आधारमा यस्तो गर्नेलाई राज्यले कारवाही गर्नु पर्ने परियारले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो