२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुरामा समबन्ध विच्छेदका घटनामा बृद्धि

२५ चैत्र २०७२, बिहीबार १२:२०

ललित बोहरा, चैत २५, डडेल्धुरा / डडेल्धुरामा सम्बन्ध विच्छेदका घटनामा बृद्धि हुदै गएको छ । चालु अर्थिक बर्षको चैत महिनाको आजको मिती सम्म जम्मा मुद्धाको संख्या ५५ मध्ये २१ मुद्धा सम्बन्ध विचछेदका छन ।

दुनियावादी फौजदारी मुद्धा अनतर्गत ३० मुद्धामा २१ मुद्धा सम्बन्ध विच्छेदका मात्रै रहेको जिल्ला अदालत डडेल्धुराले जनाएको छ । जिल्ला अदालत डडेल्धुराले बिहिवार पत्रकार भेटघाट कार्यक्रममा कम उमेरमा नै बिवाह गर्ने, श्रीमान बिदेशीने , यौन सन्तुष्टी नहुने लगाएतका कारणले सम्बन्ध बिच्छेदका घटना बढेको हुन सक्ने जिल्ला अदालत डडेल्धुराका न्यायाधीश देबकुमार घिरीले बताए । चालु आर्थिक बर्षमा मात्र ६ वटा मुद्धा अदालतमा दर्ता भएका छन् ।

पत्रकार भेटघाटमा जिल्ला अदालत डडेल्धुराले अदालतीय नयाँ रणनीतीक योजना पनि सार्वजनीक गरेको छ । अदालतले मुद्धा फैसलामा जती समय लागए पनी प्रभाव नहुने मुद्धाको प्रकृति हेरर ५ बर्ष सम्म पनी फैसाला नगर्ने भए पनी अब कुनै प्रकृतीको मुद्धा १ बर्ष ६ महीना भन्दा बढी समय आदालनमा नरहने ब्यवस्था अदालतले गरेको जनाएको छ । चालु आर्थिक बर्षको अहिले सम्म दर्ता भएका मृद्धाहरुमा सरकारी फौजदारी मुद्धाको संख्या २१, दुनीया वादी फौजदारी मुद्धाको संख्या ३०, देवानी मुद्धाको संख्या १४ रहेको अन्तरक्रीयामा जनाएको छ । फच्र्यौट भएका मुद्धाको संख्या ३२ छ ।

डडेल्धुरामा अन्य पहाडी जिल्लाको तुलनामा कम मुद्धाहरु दर्ता हुने गरेकोे भए पनी पछिल्लो समयमा सम्बन्ध विच्छेदका घटनाहरु भने बढ्दै गरेको अदालतले जनाएको हो । यस्तै सेवाग्राहीलाई छिटो छरितो न्यायीक सेवा प्रदान गर्न जिल्ला अदालत डडेल्धुरामा एकघण्टे सेवा सुरु गरिएको छ । सेवाग्राहीले जुनसुकै निवेदनको नक्कल माग गर्दा वा पेसी तारेख तोक्ने, गुज्रेको तारेख थाम्ने, थमाउने, मिलापत्र, मुद्दा फिर्ता, वारेसनामा लगायत काम एक घण्टाभित्र प्रदान गर्ने गरी सो सेवा मिलाइएको जिल्ला अदालत डडेल्धुराका न्यायधिस देबकुमार गिरीले जानकारी दिएका छन् । यो सेवा सुरु भए पछि सामान्य प्रकृतीको मुद्धाको एक घण्टामा नै फैसला हुने छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य