2026-09-19 06:10 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत तीन महिने सिप विकास तालिम सुरु

बैशाख ८, बझाङ | महिला तथा बालबालिका कार्यालय बझाङको आयोजनामा आज देखि तीन महिने सिप विकास तालिम सुरु भएको छ । राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत मेसिनद्धारा संचालन हुने तीन महिने हात्ते होजियारी र ड्राईभिङ तालिम सुरु भएको हो । 

महिला हरुको सिप विकास तालिम गराई आत्मनिर्भर बनाउने उदेश्यले जिल्लाका ३५ जना एकल, दलित, हिंसा पिडित तथा निम्न आय भएका महिलाहरुलाई सो तालिम दिन लागीएको हो । जस्मा ३० जना हात्ते होजियारी अन्र्तगत स्वीटर, टोपी, मख्लर र ५ जना लाई ड्राईभिङ तालिम दिन लागीएको हो । तालिम दिएर व्यवसायिकरुपमा महिलाहरुलाई अगाडि ल्याउन महिला तथा बालबालिका कार्यालयले राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्र्तगत यो तालिम दिन लागेको हो । 

यो तालिम असार मसान्त सम्म चल्ने भएको छ । उक्त तालिममा ५ जना दलित महिला रहेका छन भने अन्य एकल, निम्न आय भएका तथा हिंसा पिडित महिला रहेको महिला तथा बालबालिका कार्यलयका कार्यालय प्रमुख लिला घलेले जानकारी दिनु भयो ।  – मकरराज धामीको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई