२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

सुदुरपश्चिममा विशु पर्वको अवसरमा कहाँ के हुदैछ ?

२०७२, ३० चैत्र मंगलवार ०२:३७

ललित बोहरा/चैत ३०, डडेल्धुरा । बिशु पर्व नँया बर्षको असरमा डडेल्धुराको प्रशिद्ध धार्मिक शक्तिपिठ घटाल बाबाको मन्दिरमा लाग्ने मेलालाई यस बर्ष महोत्सवको रुपमा मनाईने भएको छ ।

प्रत्येक बर्ष बैशाख दुई गते हुने पुजाआजा एवं मेलालाई राष्ट्रिय स्तरमा चिनाउन, स्थानिय कला संस्कृतीको प्रवद्र्धन तथा धार्मिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले तिन दिने महोत्सवको रुपमा मनाईदै छ । राष्ट्रिय कलाकार चर्तित देउडा गाएक भोजराज भट्ट, सुप्रसिद्ध गायिका शिन्धु मल्ल लगायत अन्य कलाकारहरुको सांस्कृतिक कार्यक्रम संगै फुटवल प्रतियोगिताको आयोजना गरि मेला मनाईने घटाल क्षेत्र विकास समाज डडेल्धुराले जनाएको छ ।

भोली चैत ३० गते औपचारिक रुपमा घटाल महोत्सवको उद्घान गरि दुई गते बिधिवत रुपमा गरिने पुजाआजा संगै महोत्वसवको समापन गरिने अध्यक्ष गणेशबहादुर भण्डारीले बताएका छन । खेलकुद, संस्कती तथा धार्मिक पर्यटन प्रद्र्धन गर्ने उद्देश्यले संञ्चालन गरिने महोत्सवको मंगलवार बिहान आठ बजे उद्घाटन गरिने बताईएको छ ।

यसैबिच नँया बर्ष लाई विशु पर्वका रुपमा धुमधाम संग मनाउन सुदुरपश्चिभर चहल पहल बढेको छ । घर लिपपोत, रंग रोगन गरि रहेका सुदुरपश्चिम वासीहरु कामको शिलसिलामा घर बाहिर रहेका आफन्तजन घर पर्किदा बिशु पर्वको रौनकता छाएको हो ।

बिशु पर्वका अवसरमा सुदुरपश्चिमका विभिन्न शक्ति पिठहरुमा पुजाआजा गरिन्छ । धार्मिक आस्थाले पनि यो समयमा घरबाहिर रहेका सुदुरपश्चिमवासि घर पर्किएका छन ।

यस्तै आज सकिन लागेको बर्ष २०७२ को समिक्षा गरी नँया बर्ष २०७३ को शुभकामना आदान प्रदान गरि प्रेश युनियन डडेल्धुराले शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । कार्यक्रममा उपस्थिती जनाएका विभिन्न सरोकारवाला निकायका प्रमुखले २०७२ साल बैशाखमा भुकम्पले क्षति पु¥याएकालाई सरकारले राहात वितरणको कार्य छिटो छरितो गर्नु पर्ने शभकामना राखेका थिए ।

यस्तै कुकुलेक डडेल्धुरामा रहेको रातो गुरांस रिसोर्ट प्रालिले विभिन्न स्थानिय कला संस्कृती संगै म्युजिक ईभ एट रातो गुरांसको आयोजना गरि २०७२ साललाई बिदाई संगै नँया बर्ष २०७३ लाई स्वागत गर्ने भएको छ ।

बेलुका शुभकामना आदान प्रदान संगै म्युजिक ईभ एट रातो गुरांसको आयोजना गरिएको निर्देशक प्रमोद जोशीले जनाएका छन । नँया बर्षको शुभकामना संगै सुदुरपश्मिचेली संस्कृतिको उजागर गर्ने उद्देश्यले मनोरंञ्जनात्मक कार्यक्रमको आयोजना गरिएको रिसोर्टले जनाएको छ । कार्यक्रममा सहभागी पाहुनालाई अन्य दिन भन्दा १० प्रतिशत छुट प्रदान गरिने जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै