विशन क्षेत्री/ पर्वत आगामी वैशाख ३१ गते हुने स्थानीय तहको बहुप्रतिक्षित निर्वाचनमा उम्मेदवार बन्ने लक्ष्यका साथ "/>
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... विशन क्षेत्री/ पर्वत आगामी वैशाख ३१ गते हुने स्थानीय तहको बहुप्रतिक्षित निर्वाचनमा उम्मेदवार बन्ने लक्ष्यका साथ "/>
२०८३, २२ जेष्ठ शुक्रबार
पर्बत - PBT

वडाध्यक्षमा लड्न स्थायी शिक्षकबाट राजीनामा

२०७४, १० बैशाख आईतवार ०७:४२

विशन क्षेत्री/ पर्वत आगामी वैशाख ३१ गते हुने स्थानीय तहको बहुप्रतिक्षित निर्वाचनमा उम्मेदवार बन्ने लक्ष्यका साथ पर्वतमा एक स्थायी शिक्षकले राजीनामा दिएका छन् । शिक्षा नियमावली र ऐनले राजनीति र शिक्षण पेसा एकसाथ अपनाउन नपाइने व्यवस्था गरेपछि राजनीतिमा होमिने प्रस्ट लक्ष्यका साथ कुश्मा नगरपालिकास्थित शिवालय माविका गुरुप्रसाद उपाध्यायले राजीनामा दिएका हुन् । प्रावि तहमा स्थायी रहेका उपाध्यायले कुश्मा नगरपालिका ४ मा नेपाली कांग्रेसको तर्फबाट वडाध्यक्षमा चुनाव लड्न शिक्षण पेशा छाडेको बताए ।

वडाको समृद्ध विकास र नमुना वडाको रुपमा लैजाने प्रतिबद्धताका साथ चुनावमा होमिएका उनले भने, ‘अब पूर्णकालीन राजनीतिमा लाग्ने अठोट लिएको छु ।’

नेपाली कांग्रेसको श्रमिक संघको रुपमा रहेको ट्रेड युनियनमा लगतार सक्रिय रहेका उपाध्यायले भन्छन्, ‘पार्टीले टे«ड युनियनका कर्मचारीको मूल्यांकन गर्ने समय आएको छ, स्थायी जागिरलाई छाड्नु सानो कुरा होईन्,’ ‘पार्टीप्रतिको यो त्याग र आफूले गरेको योगदानको मूल्यांकनका आधारमा वडाध्यक्षको टिकट पाउनुपर्छ ।’

वडा नं. ४ को नागरिक मञ्चको संयोजक समेत रहेका उपाध्यायले वडाको माग र अन्य पार्टीको समर्थन समेत रहेका हुँदा पार्टीले विश्वास गरेर टिकट दिनुपर्ने बताउँछन् ।

२०४६ सालमा नेविसंघको सदस्य लिएर तत्कालीन आन्दोलनबाट सक्रिय राजनीतिमा लागेका उपाध्याय २०४८ सालमा नेपाली कांग्रेस पर्वतको कार्यालय सचिव बनेका थिए । २०५१ सालमा नेपाली कांग्रेसको क्रियाशील सदस्य, २०५४ मा शिक्षक संघ पर्वतको कार्यसमिति सदस्य, २०५४ मा नै टे«ड युनियन पर्वतको संस्थापक सचिव बनेका थिए । त्यसपछि उनी लगातार २०७१ सम्म सचिव र २०७१ को अधिवेशनपश्चात टे«ड युनियनको अध्यक्ष रहेका छन् । २०६७ मा उनी टे«ड युनियन पश्चिमाञ्चल क्ष्ोत्रीय समितिको सदस्य समेत बनेका थिए ।

४३ वर्षीय उपाध्याय २३ वर्षदेखि शिक्षण पेशामा आबद्ध रहेका छन् । उनले विद्यालयका प्रधानाध्यापक मार्फत शिक्षा कार्यालयमा राजीनामा बुझाएका हुन् । कार्यालयले भने हालसम्म राजीनामा स्विकृत भईनसकेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली