२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सोलुखुम्बुमा निर्वाचन सन्दर्भ: श्रीमान् प्रमुख र श्रीमती उपप्रमुख

१० बैशाख २०७४, आईतवार ०८:४२

बैशाख १०, सोलुखुम्बु | नेकपा (एमाले)ले सोलुदूधकुण्ड नगरपालिकाको प्रमुखका लागि सात र उपप्रमुखका लागि चारजनाको नाम सिफारिस गरेको छ । तीमध्ये प्र्रमुख र उपप्रमुखमा श्रीमान्÷श्रीमती परेका छन् । 

उक्त दलका जिल्ला अध्यक्ष मानवीर राईको अध्यक्षतामा हिजो सम्पन्न जिल्ला कमिटी बैठकले नगरपालिकाको प्रमुख र उपप्रमुखमा आकाङ्क्षी धेरै भएकाले जिल्लामा टुङ्ग्याउन नसकेपछि एमालेले प्रमुख पदमा सात र उपप्रमुख पदमा चारजनाको नाम सिफारिस गरेको हो । 

प्रमुख पदमा वीरउदास श्रेष्ठसँगै आङ दामी शेर्पा, बच्चुनारायण श्रेष्ठ, रामकाजी श्रेष्ठ, दोर्जी जाङबु लामा, सन्तोष मगर र डिबी राणापाल तथा उपप्रमुख पदमा कल्पना राई, मनकुमारी बस्नेत, याङडी लामा र सूर्यकुमारी सुनुवारको नाम सिफारिस गरेको प्रचार विभाग उपसंयोजक जगनाथ बास्तोलाले जानकारी दिनुभयो । कल्पना राई जिल्ला समिति प्रचार विभाग प्रमुख वीरउदास श्रेष्ठकी श्रीमती हुनुहुन्छ । 

यसैगरी सो दलले छवटा गाउँपालिकाको प्रमुख/उपप्रमुख, वडाअध्यक्ष र सदस्यको उम्मेदवारको नाम पनि छनौट गरी प्रदेश कमिटीमा सिफारिस गरेको छ । जसअनुसार सोताङ गाउँपालिका प्रमुखमा वीरबहादुर राई र उपप्रमुखमा लक्ष्मी बस्नेत, दूधकौशिका गाउँपालिका प्रमुखमा श्यामकुमार राई र उपप्रमुखमा कल्पना बस्नेत, नेचा सल्यान गाउँपालिका प्रमुखमा डुफकुमार बास्तोला र उपप्रमुखमा सबिना राईलाई उम्मेदवार बनाएको छ । 

यस्तै दूधकोसी गाउँपालिका प्रमुखमा बुद्धिकिरण राई, उपप्रमुखमा जुनिता मगरलाई उम्मेदवार बनाएको छ भने खुम्बु पासाङ ल्हामु गाउँपालिका प्रमुखमा ङिमदोर्जी शेर्पा, उपप्रमुखमा टासील्हामु शेर्पा र लिखु पिके गाउँपालिका प्रमुखमा पोष्टकुमार कार्की र उपप्रमुखमा पल्मु शेर्पालाई उम्मेदवार बनाएको छ । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य