2026-08-31 06:54 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

चितवनमा तीन अर्ब ३५ करोड राजस्व सङ्कलित

वैशाख १०,चितवन । आन्तरिक राजस्व कार्यालय भरतपुरले गत आवको नौ महिनाको तुलनामा चालु आवको सोही अवधिमा करिब रु तीन अर्ब ३५ करोड बढी राजस्व सङ्कलन गरेको छ । कार्यालयका कर अधिकृत जीवराज निरौलाका अनुसार गत आवको ९ महिनामा करिब रु सात अर्ब ७१ करोड राजस्व सङ्कलन भएकामा चालु आवको नौ महिनामा करिब रु ११ अर्ब छ करोड राजस्व सङ्कलन भएको हो । 

गत आव २०७२/७३ को चैत मसान्तसम्ममा भने विभागले दिएको लक्ष्यभन्दा कम मात्रामा राजस्व सङ्कलन भएको थियो । गत आवको चैतसम्ममा विभागले कार्यालयलाई करिब रु आठ अर्ब १७ करोड लक्ष्य तोकेको थियो । भूकम्प र नाकाबन्दीका कारण सो वर्ष लक्ष्यभन्दा कम करिब रु सात अर्ब ७१ करोड मात्र राजस्व सङ्कलन भएको थियो । त्योे दिइएको लक्ष्यको ९४ दशमलव ३८ प्रतिशत मात्र हुन आउँछ । 

यस्तै चैत महिनाका लागि मात्र करिब रु एक अर्ब २० करोड सङ्कलनका लागि लक्ष्य दिइएको थियो । सो समयमा करिब रु एक अर्ब २५ करो राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ । चैत महिनामा मात्रै राजस्व सङ्कलनको दर बढी भए पनि वर्षभरि नै अपेक्षाकृत राजस्व सङ्कलन हुन नसकेको कर अधिकृत निरौलाले जानकारी दिनुभयो । 

चालु आवको नौ महिनामा लक्ष्यभन्दा करिब रु ८८ करोड ७० लाख बढी राजस्व सङ्कलन भएको छ । कार्यालयका अनुसार विभागले कार्यालयलाई चैत मसान्तसम्मका लागि करिब रु १० अर्ब १७ करोड लक्ष्य तोकेको थियो । सो लक्ष्यभन्दा बढी करिब रु ११ अर्ब छ करोड सङ्कलन गरिएको हो । 

आन्तरिक राजस्व कार्यालय भरतपुरका प्रमुख थानप्रसाद पङ्गेनीले लक्ष्यभन्दा बढी राजस्व सङ्कलनका लागि उद्योगी व्यवसायीसँग गरिएको निरन्तर अन्तक्र्रियात्म, बजार अनुगमन, कर सचेतनाका कार्यक्रम, करदाता शिक्षा, करदाता स्वयम्को जागरुकता, कर्मचारीको निरन्तर कामप्रतिको लगाव मुख्य कारण बताउनुभयो । सो कार्यालयले चितवन र नवलपरासीको दाउन्नेयताको भाग हेर्दै आएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला त्रिशूली जलविद्युत् आयोजनाको सुरुङबाट २०८ जनाको उद्धार टनेलमा फसेकाको उद्धार गर्न नेपालले भारत र चीनसँग माग्यो सहयोग बाढी–पहिरोले मुख्य सडक अवरुद्ध भएपछि धादिङबेसी जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा भोटेकोशी बाढी प्रभावितको उद्धार–राहत तीव्र बनाउन प्रधानमन्त्रीलाई आङ्देम्बेको ९ बुँदे माग त्रिशूली बाढीले नुवाकोटमा ठूलो क्षति, ५१ शव फेला, ४०५ अझै बेपत्ता दुर्गन्ध र संक्रमणको जोखिमपछि चितवनमा २२९ शव जमिनमा व्यवस्थापन गरिँदै रसुवाको बाढीले नारायणीमा बढ्यो बहाव, पश्चिम चितवनका बस्ती उच्च जोखिममा भोटेकोशी बाढीले अवरुद्ध काठमाडौँ–मुग्लिन सडक खुल्यो भोटेकोशीमा फेरि बाढीको जोखिम, नदी थुनिएर बनेको ताल फुट्ने सम्भावना धादिङमा बाढीले बगाएर ल्याएको सेफ फोडेर रकम निकाल्ने २९ जना पक्राउ रसुवाको भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ६२६ पुग्यो, २ हजार ४२६ अझै बेपत्ता बाढीपहिरोमा मृत्यु हुनेको संख्या ५५३ पुग्यो न्युजिल्याण्डका खेलाडीलाई हराउँदै रवीन्द्र ढाँट ‘रोड टू यूएफसी’को फाइनलमा त्रिशूली–नारायणीमा भेटिएका शवमध्ये दुईको पहिचान भोटेकोशी बाढीको कहर : २८ प्रहरी सम्पर्कविहीन, ४८९ शव बरामद विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने