२०८२, १८ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

पाल्पामा दुर्घटना परि पाँच जनाको मृत्यु, एकै घरका तीन जना परे

२०७४, ११ बैशाख सोमबार ०१:३७

बैशाख ११, पाल्पा | छुट्टाछुट्टै दुई दुर्घटनामा पाल्पामा आइतबार पाँचको मृत्यु भएको छ । पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार ट्रिपर दुर्घटनामा एकै घरका तीनसहित चारको मृत्यु भएको छ । 

ट्रिपर दुर्घटनमा मृत्यु हुनेमा चालक तिनाउ गाउँपालिका–६ मस्यामका पुरन सारू (२६), उनकी श्रीमती बालकुमारी (२४), पाँच वर्षीय छोरा हेमेस र सहचालक प्रेमबहादुर कनौजे (२२) छन् । गम्भीर घाइते उनीहरूलाई अस्पताल पुर्याएपछि चिकित्सकले मृत्यु भएको बताएको प्रहरीले जनाएको छ ।

पाल्पाको झुम्साबाट मरेकतर्फ जाँदै गरेको लु।१ख ९०३१ नम्बरको ट्रिपर तिनाउ गाउँपालिका–३ मा दुर्घटनामा परेको हो । कच्ची सडकखण्डमा अनियन्त्रित भएर ट्रिपर सडकबाट करिब तीन सय मिटर तल खसेको प्रहरीले जनाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका सइ प्रवीण आचार्यका अनुसार अर्को ट्रिपरलाई साइड दिन लाग्दा सो दुर्घटना भएको हो ।

पाल्पामा आइतबार नै रिद्दिकोट गाउँपालिका–७ चाचरीमा जिप दुर्घटना भएको छ । लु।१ज १५८१ नम्बरको जिप दुर्घटनामा स्थानीय दानबहादुर गाहाको मृत्यु भएको पाल्पा प्रहरीका सइ प्रवीण आचार्यले जानकारी दिए । उनका अनुसार दुर्घटनामा दुईजना घाइते भएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण