२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गाडीको ठक्करबाट साइकलयात्रीको मृत्यु

११ बैशाख २०७४, सोमबार ०६:२१

बैशाख ११, राजविराज । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको शम्भुनाथ नगरपलिका–३ मा स्कारपियो गाडीको ठक्करबाट गएराति एक जना साइकलयात्रीको मृत्यु भएको छ । 

मृत्यु हुनेमा सप्तरीको रुपनी गाउँपालिका–१ बस्ने २४ वर्षीय सुलान मियाँ रहेको प्रहरीले जनाएको छ । पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको बा७च ९६४२ नम्बरको स्कारपियोले मियाँ सवार साइकललाई पछाडिबाट ठक्कर दिएको थियो । 

ठक्करबाट गम्भीर घाइते उनको विराटनगरस्थित न्युरो अस्पताल ल्याउने क्रममा राति बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

यस्तै साइकलमा सवार अर्का सोही गाउँपालिका निवासी २३ वर्षीय मुकेशकुमार यादव समेत घाइते भएका छन् । उनको पनि न्युरो अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय रुपनीले जनाएको छ । 

ठक्कर दिने स्कारपियो र चालकलाई इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य