Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

अछाममा हावाहुरीका कारण एकको मृत्यु

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

बैशाख ११, बैतडी । वर्षासँगै चलेको हावाहुरीका कारण अछाममा एक वृद्धाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बान्नीगढी जयगढ गाउँपालिका–३ की ५५ वर्षीया नरपता साउँद रहेकी प्रहरी नायब उपरीक्षक निरञ्जनदत्त भट्टले जानकारी दिनुभयो ।

आइतवार बेलुकी घर नजिकै रहेको खेतबाट फर्किरहेका बेला वर्षासँगै हावाहुरी चलेपछि ओत लाग्न नरपता रुखको फेदीमा गएपछि रुखको हाँगा भाँचिएर टाउकोमा लागी गम्भीर घाइते भएकी थिइन ।

गम्भीर घाइते नरपताको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले बताएको छ । शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ । रासस