२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कास्की - KSK

अन्नपूर्ण गाउँपालिकाको अध्यक्षमा राजबहादुर गुरुङलाई सर्वसम्वत

११ बैशाख २०७४, सोमबार १५:१७


बैशाख ११, पोखरा  | बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेस लुम्ले गाउँ कार्यसमिति कास्कीले अन्नपूर्ण गाउँपालिकाको अध्यक्षमा राजबहादुर गुरुङलाई सर्वसम्वत रुपमा सिफारिस गरेको छ ।

लुम्ले गाउँ कार्यसमितीका उपसभापति हरिमान गुरुङको अध्यक्षतामा बसेको वैठकले कांग्रेस महाधिवेशन प्रतिनिधि समेत रहेका राजबहादुर गुरुङलाई अन्नपूर्ण गाउँपालिकाको अध्यक्षमा सिफारिस गरेको हो । गुरुङ यसअघि नेपाली कांग्रेसको केन्द्रिय प्रचार विभाग सदस्य समेत रहेका थिए ।

यसै गरी वैठकले अन्नपूर्ण गाउँपालिका वडा नम्वर ७ को अध्यक्षमा हरिमान गुरुङ र प्रेममान गुरुङ, दलित महिला सदस्यमा संगिता परियार, अन्य सदस्यहरुमा माया गुरुङ, धनबहादुर वि. क. र कमसर गुरुङको नाम सिफारीस गरि क्षेत्रिय समितिमा पठाउने निर्णय गरेको छ ।

विगत दुई दशकदेखि पत्रकारिताको माध्यमबाट अगाडि बढिरहेका राजबहादुर गुरुङ नेपाल प्रेस युनियन मा ०५१ सालदेखि हाल सम्म निरन्तर महाधिवेशन प्रतिनिधि तथा ट्रेड युनियनमा आवद्द रहि काम गरेका छन् । सबैसँग सन्तुलन मिलाउन सक्ने मध्यमार्गी विचार बोकेका उनले यस क्षेत्रको विकासका लागि शिक्षा, स्वास्थ्य, पर्यटन, विद्युतिकरण, भौतिक पुर्वाधार निर्माणमा उल्लेखनिय योगदान दिंदै आएका छन् ।

नेविसंघ, तरुण दलमा आवद्द रहि काम गरिसकेका गुरुङले जनआन्दोलनमा जनअधिकारका लागि पार्टीको प्रचार सचिव रहि काम गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य