Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २२ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खोटाङमा द्वन्द्वपीडितले पाउने रकम अर्कैले लिए

२०७४, १२ बैशाख मंगलवार ०६:३८

बैशाख १२, खोटाङ । जिल्लाका एक द्वन्द्वपीडित परिवारलाई राज्यले उपलब्ध गराएको राहत रकम स्थानीय एक नेताले झुक्याएर आफूले लिएको खुलासा भएको छ । 

माओवादी सशस्त्र द्वन्द्वको समयमा १३ वर्षअघि हत्या गरिएका जन्तेढुङ्गा गाउँपालिका–४ का लालबहादुर तामाङकी श्रीमती जमुना राई (तामाङ)ले राज्यबाट प्राप्त गरेको रु पाँख लाख रकममध्ये रु चार लाख ३० हजार रकम नेकपा (एमाले)का स्थानीय नेता विदुर राईले लिएको खुलासा भएको हो । 

द्वन्द्वका क्रममा २०६० साल चैत २५ गते राति हत्या गरिएका मृतक तामाङ परिवारले जिल्लाका दलहरुबीचको विवादका कारण दश वर्ष ढिला गरी राहत पाएपनि राईले झुक्याएर चलाइदिएको पीडित जमुनाले गुनासो गर्नुभयो । “म अनपढ र गाउँकी एक्ली महिला भएकाले सहयोगका लागि उहाँलाई साथ लिएको थिएँ ।” उहाँले भन्नुभयो, “उहाँले मेरो सोझोपनको फाइदा उठाउँदै पीडामाथि पीडा थपिदिनुभयो ।” 

राहतका लागि राष्ट्रिय वाणिज्य बैंकमा शून्य खातामा खोलिएको खाता नम्बर २६७१४ मा शान्ति तथा पुनःनिर्माण मन्त्रालयमार्फत जम्मा भएको रकम छक्याएर बिदुर आफैँले चलाएको जमुनाको गुनासो छ । 

शान्ति तथा पुनःनिर्माण मन्त्रालयबाट प्राप्त पहिलो किस्ता रकम रु एक लाखमध्ये रु ५० हजार र दोस्रो किस्ता रु दुई लाखमध्ये रु २० हजार मात्र हात परेको पीडित जमुनाले जानकारी दिनुभयो । 

तेस्रो किस्ताबापत प्राप्त रु दुई लाख रकमबाट भने एक पैसा पनि नपाएको जमुनाले सोमबार जिल्ला प्रशासनमा दिएको निवेदनमा उल्लेख गरिएको छ । 

अनपढ र सोझो भएकाले चेकमा ल्याप्चे हाल्न लगाएर छक्याउँदै चलाइदिएकाले फिर्ता पाउनका लागि प्रशासन, शान्ति समिति र मानव अधिकार आयोगलाई गुहार्नु परेको जमुनाले बताउनुभयो । 

सर्वदलीय बैठक राखेर राहत रकम फिर्ता पाउनका लागि निवेदन दिएपछि सोमबार स्थानीय शान्ति समितिको कार्यालयमा बसेको बैठकले आवश्यक अनुसन्धान गर्न र नियमअनुसार कारबाही गर्न प्रशासनलाई आग्रह गर्ने निर्णय गरेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली