२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

एमालेले ७ नम्बर प्रदेशीक राजधानीको बारेमा कुनै निर्णय गरेको छैनः रक्षा मन्त्री रावल

१० बैशाख २०७३, शुक्रबार ०१:२०

Dadeldhura News

ललित बोहरा । बैशाख १०, डडेल्धुरा । उप प्रधानमन्त्री तथा रक्षा मन्त्री भिम रावलले नेकपा एमालेले ७ नम्बर प्रदेशको राजधानीको बारेमा कुनै निर्णय नगरेको बताएका छन् । बिहीबार नेकपा एमाले अमरगढी नगरपालीका नगर अधिबेशनको उदघाटन गर्ने डडेल्धुरा पुगेका रक्षा मन्त्रि रावलले बिपक्षीहरुले प्रचार बाजि मात्र गरेको प्रष्ट पारेका छन् । उहाँले ७ नम्बर प्रदेश प्राकृतिक रुपले भरिपूर्ण भएकोले कसैका गिद्धीनगर लाग्न एमालेले नदिने बताएका छन । एक अर्काे प्रसंगमा एमाले उपाध्क्षय समेत रहेका मन्त्री रावलले आउदो हिउदमा स्थानीय निकायको निर्वाचन हुने भएकाले कार्यकताले तयारी गर्न आग्रह गरे । यस्तै नेकपा एमाले सरकारमा भएकोले अबको आर्थिक बर्षमा सुदुरपरिचमको समंग्र बजेटमा बृद्धि गर्न आफु लागि पर्ने बताए । काठमाण्डौले सुदुरपरिचमलाई हेरने नजर नेकपा एमालेको नेतृत्वमा रहेको सरकारले परिर्वतन गर्ने र आफुले अर्थमन्त्रीसंग बजेटमा बृद्धि गर्ने कुरा गरी सकेको बताए ।
एक फरक प्रसंगमा उपाध्क्षय रावलले ९० प्रतिशत सभासदले हस्ताक्षर गरेको नेपालको संबिधानमा आफना हक अधिकार उल्लेख नभएको भनेहरु संबिधान नै नपढी भने गरेको आरोप लगाए । मदेशी नताहरुलाई संकेत गदै रक्षा मन्त्री रावले सातभावना पार्टी नभएई दुभावना पार्टी भएको ब्यग गरे । मुलुकको आर्थीक सामाजिक रुपान्तारणका लागि संबिधानको दिगो कार्यान्वन सबल र समृद्ध नगर निमार्णका लागि छैठौ नगर अधिबेशन भन्ने मुल नाराका साथ सुरु भएको नेकपा एमाले डडेल्धुराको छैटौ नगर अधिवेसनको अहिले बन्द सत्र चली रहेको छ ।
यस्तै सम्मपुर्ण नेपालीको सम्बृद्धिका लागी नेपालको नँया संविधान जारी भएको उप प्रधान एवं रक्षा मन्त्रि भिम रावलले बताएका छन । नेपाल सरकारको बिद्यार्थी भर्ना अभियान अन्तर्गत डडेल्धुराको अनपा ७ पोखरमा रहेको उग्रतारा उच्च माविका बिद्यार्थीलाई निशुल्क पाठ्य पुस्तक वितरण समारोहमा मन्त्रि रावलले जनताले चुनेका आफ्ना प्रतिनिधीको ९० प्रतिशतले बहुमतका साथ नेपालको संविधान जारी गरेकाले कुनै जाती, धर्म, वर्ण, लिंग एवं कुनै राष्ट्रले चित्त दुखाउनु नपर्ने बताएका छन । भु– कम्प पिडितलाई राहात, पुनंनिमार्णका साथै पिछडा वर्गलाई समेट्दै शिक्षामा बिषेश जोड दिने बजेट आगामी बर्ष ल्याईने उनले बन्त्रि रावलले बताएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता