बैशाख १२, डडेल्धुरा । डडेल्धुरामा औलो रोगीको संख्या दिनप्रतिदिन घट्दै गएको एक तथ्याङ्कले देखाएको छ । 

सरकारद्वारा औलो रोग नियन्त्रणका लागि प्रभावित क्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बैशाख १२, डडेल्धुरा । डडेल्धुरामा औलो रोगीको संख्या दिनप्रतिदिन घट्दै गएको एक तथ्याङ्कले देखाएको छ । 

सरकारद्वारा औलो रोग नियन्त्रणका लागि प्रभावित क्"/>

२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुरामा औलो रोगीहरुको संख्या घट्दै

२०७४, १२ बैशाख मंगलवार १६:५४

बैशाख १२, डडेल्धुरा । डडेल्धुरामा औलो रोगीको संख्या दिनप्रतिदिन घट्दै गएको एक तथ्याङ्कले देखाएको छ । 

सरकारद्वारा औलो रोग नियन्त्रणका लागि प्रभावित क्षेत्रमा सुपानेट झुल वितरण गर्नाले, किटनाशक औषधि छर्कनाले, र औलो रोगविरुद्ध जनचेतना जगाउने कार्यक्रम गर्नाले औलो रोगीहरुको संख्या क्रमिकरुपमा घट्दै गईरहेको हो ।

डडेल्धुुरामा २०७१/०७२ मा २७ जनामा औलो रोग फेला परेको थियो । यस्तै आर्थिक बर्ष २०७२/७३ मा १४ जनामा र चालु आर्थिक बर्ष २०७३/७४ को अहिले सम्म ९ जना मात्रै औलो रोग देखा परेको जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराका भेक्टर कन्ट्रोल अधिकृत दिपेन्द्र रावलले जानकारी दिएका छन् ।

जिल्लाको भित्री मधेस क्षेत्रमा औलो रोगको बढी जोखिम देखिएको छ । जिल्लाको भित्रीमधेस क्षेत्रका आलिताल गाउँपालिकका र परशुराम नगरपालिका विभिन्न गाउँहरुमा औलो रोगको बढी जोखिम देखिएको जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराले मंगलबार औलो दिवसको अवसरमा आयोजित पत्रकार संगको अन्तरक्रिया कार्यक्रममा जानकारी गराएका हो ।

परशुराम नगरपालिकको वडा नं १ र १२ नम्बरमा उक्त रोगको बढी नै जोखिम रहेको जनाईको छ । औलो बढी जोखिम देखिएको परशुराम नगरपालिका र आलिताल गाउँपालिकका क्षेत्रमा सुपानेट झुल बितरण गरि सकेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । औलो बढी प्रवाभित क्षेत्रमाा केही दिन पछि स्प्रे गर्ने कार्यक्रम रहेको कार्यालयले जनाइएको छ ।

‘सदाका लागि औलो अन्त गरौँ’ भन्ने नाराका भन्ने नाराका साथ देशभरि विभिन्न कार्यक्रम गरी मंगलबार (अप्रिल २५) मा विश्व औलो दिवस मनाइएको छ ।

विश्व स्वास्थ्य संगठनको निर्णय अनुसार हरेक वर्ष अप्रिल २५ तारिखका दिन विश्व औलो दिवस मनाइने गरिएको छ ।

डडेल्धुरामा पनि विश्व औलो दिवसको अवसरमा मंगलबार बिहान जिल्ला स्वास्थ्य कार्यालयले जनचेतना फैलाउने उद्देश्यले डडेल्धुरा सदरमुकाममा प्रभातफेरी निकालेको छ ।

साथै मंगलबार दिउँसो जिल्ला स्वास्थ्य कार्यालयले कार्यालयमै जिल्ला स्थित पत्रकारहरु मार्फत औलो रोगको प्रचार–प्रसार गर्ने उदेश्यले पत्रकारहरुसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

एनोफिलिज जातको पोथी लामखुट्टेको टोकाइबाट यो रोग सर्ने गरेको अन्तरक्रिया कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय डडेल्धुराका प्रमुख वृष बहादुर शाहीले जानकारी गराएका थिए ।

उहाँले रोग फैलिन नदिने उद्देश्यले प्रभावित क्षेत्रकामा विभिन्न किसिमका जनचेतना जोगाउने कार्य गरिरहेको पनि कार्यक्रममा जानकारी गराएका थिए ।

एनोफिलिज जातको पोथी लामखुट्टेले स्वास्थ्य मानिसमा टोक्दा मलरियाका परजिवीहरु सर्ने गर्दछन । मानिसको शरिरमा प्रवेश गरेपछी कलेजो र राता रक्तकोषहरुमा विकास भई हुर्किएका परजिवीहरु रगतको माध्यमबाट शरिर भरी फैलिएर विभिन्न किसिममा लक्षणहरु देखा पर्ने स्वास्थकमीलेहरुले बताएका छन् ।

सामान्यतया औलो रोगका परजिवि भएको लामखुट्टेको टोकाई भएको १० देखी १५ दिन भित्रमा ज्वरो आउने, टाउको दुख्ने, वान्ता हुने, जोर्निहरु दुख्ने,असजिलो महसुस हुनेजस्ता सामान्य लक्षणहरु देखा पर्दछन ।

निरन्तर वा दिन विराएर ज्वरो आउने, शरिरका भित्री अङ्गहरु फियो,कलेजो सुनिने, रगतको मात्रा कमी हुने तथा परजिवीको प्रकृती अनुसार विभिन्न लक्षण तथा समस्याहरु देखिने बताइएको छ ।

औलो रोगको उपचारको लागी नेपालमा विभिन्न थरीका औषधीहरु नेपाल सरकारको तर्फवाट निशुल्क रुपमा विभिन्न स्वास्थ्य संस्थाहरुमा उपलब्ध गराइएको छ ।

लामखुट्टेको टोकाईको माध्यमवाट मात्र सर्ने सक्ने यो रोगवाट वच्नको लागी सामान्य रुपमा लामखुट्टेको टोकाईवाट जोगिनु नै मुख्य रोकथाम हो । त्यसको लागि लामखुट्टेको विकास र जीवनचक्र नाश गर्नु नै सबैभन्दा उत्तम उपाय पनि रहेको छ ।

पानी जम्ने स्थानहरू कम गर्ने, वासस्थान नष्ट गर्ने, लामखुट्टेको लार्भा नाश गर्ने, लामखुट्टेको टोकाइबाट जोगिने, राति सुत्दा सधैँ झुल प्रयोग गर्नुपर्दछ । शरीरका खुला अंगहरूमा लामखुट्टेबाट बच्न सकिने मलम लगाउने उपयोगी स्प्रे, लिक्विड, म्याट आदि पनि प्रयोग गर्न सकिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ एमालेका अध्यक्ष ओलीको स्वास्थ्य परीक्षण गरियो ओली पक्राउ परेपछि सडकमा उत्रे एमाले कार्यकर्ता काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह