२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

सुदुरपरिचमका सरकारी विद्यालयले विभिन्न बहानामा बिद्यार्थीहरुबाट चर्को शुल्क असुल्दै

१२ बैशाख २०७३, आईतवार ०२:५४

ललित बोहरा/बैशाख १२, डडेल्धुरा । सरकारले कक्षा १ देखि १० सम्म निःशुल्क शिक्षाको व्यवस्था गरेको भए पनी सुदुरपरिचमका अधिकांश सरकारी विद्यालयले विभिन्न बहाना बनाउँदै विद्यार्र्थीबाट शुल्क लिइरहेका छन् ।

भर्ना शुल्क लिन नपाउने भनिए पनी सुदुरपरिचमका सामुदायिक विद्यालयले अहिले महंगो शुल्क लिँदै विद्यार्थी भर्ना लिइरहेको अभिभावकहरुको गुनासो छ । बैतडीको कैलपाल र हालको पाटन नगरपालीकमा पर्ने कैलाश निमाबिले पनी बिद्यार्थीहरुबाट भर्ना शुल्क परिक्षा शुल्क चन्द गरी लिने गरेको छ ।

प्राथमीक बिद्यालय सम्म स्थानी शिक्षकहरु रहेको र निमाबिमा अध्यपन गराउने निजी स्रोतका शिक्षकहरु भएको र निजी स्रोतका शिक्षकहरुलाई तलब खुवाउन पनी शुल्क लिने गरेको बिद्यालय स्रोतले जानकारी दिनु भयो । यस्तै गाजँरी गाबिसको सुगरखालमा रहेको केदार निमाबिले पनी निजी स्रोतबाट शिक्षकहरु राखी बिद्यालय सञ्चालन गरीरहेको बताएको छ ।

आर्थिक स्रोतको मुख्य आधार बिद्याथीहरु नै भएकाले भर्ना शुल्क भनेर नलिएपनी प्रत्येक घरधुरी चन्द लिने गरेको बिद्यालय स्रोतको भनाई छ । यस्तै बालविकास उच्च माध्यमिक विद्यालय गोलाइ बझाँङले कक्षा १ को ७० रुपैयाँ र कक्षा दशको चार सय पचास रुपैयाँ भर्ना शुल्क लिने गरेको अभिवाकको गुनासो छ ।

त्यस्तै सत्यवादी उच्च माध्यमिक विद्यालय भोपुर बझाँङले समेत वर्षेनी कक्षा ६ देखि ८ सम्म पाँच सय र कक्षा ९ र १० मा पाँच सय पचास भर्ना शुल्क लिने गरेको छ । त्यस्तै सुदुरपरिचमका अन्य विद्यालयहरुले पनि विभन्न बहाना बनाउँदै कक्षा १ देखि नै भर्ना शुल्क लिइरहेको भएपनि जिल्ला शिक्षा कार्यालयले कुनै वास्ता नगरेको स्थानीयहरुको गुनासो छ ।

सत्यवादी उच्च माध्यमिक विद्यालयमा आफ्ना छोराको कक्षा १० मा पाँच सय पचास तिरेको तर विद्यालयले रसिद समेत नदिएको चैनपुरका सुशिलमान श्रेष्ठले बताउनु भयो । उहाँका अनुसार सदरमुकाम सेरोफेरोका सामुदायिक विद्यालयले यसरी बिभिन्न बहानामा विद्यार्थीबाट रकम उठाउँदा पनि सरकारले कारबाही नगर्नु गैर जिम्मेवारीपन भएको आरोप लगाउनु भयो ।

बझाङमा प्रावि तह निमावि, मावि र उमावि सबै तहका विद्यालयले भर्ना शुल्क परीक्षा शुल्क, अनउपस्तीत शुल्क लगायतका अन्य शुल्क लिने गरेका छन् । विद्यालयले अनावश्यक शुल्क लिएर कमाई खाने भाडो बनाएको बझाङका नागरिक समाजका अगुवा धर्मजंग सिंहको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य