बैशाख १३, कञ्चनपुर | कञ्चनपुरको बेतकोट नगरपालिका स्थित सुन्दरपुर ९ बेताल ईटा भट्टा नजिकै घना वस्तीको विचमा, नगरपालिका क्षेत्रमा रोडा, ढुङ्गा उद्योेग स्थापना गर्न"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बैशाख १३, कञ्चनपुर | कञ्चनपुरको बेतकोट नगरपालिका स्थित सुन्दरपुर ९ बेताल ईटा भट्टा नजिकै घना वस्तीको विचमा, नगरपालिका क्षेत्रमा रोडा, ढुङ्गा उद्योेग स्थापना गर्न"/>
2026-09-19 12:13 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

कञ्चनपुरको बेतकोट नगरपालिकामा मापदण्डविपरीत क्रसर उद्योग सञ्चालन गर्नेे तयारी

बैशाख १३, कञ्चनपुर | कञ्चनपुरको बेतकोट नगरपालिका स्थित सुन्दरपुर ९ बेताल ईटा भट्टा नजिकै घना वस्तीको विचमा, नगरपालिका क्षेत्रमा रोडा, ढुङ्गा उद्योेग स्थापना गर्न नपाइने मापदण्डमा उल्लेख भए पनि मापदण्ड विपरीत क्रसर उद्योग सञ्चालन गर्ने तयारी भईरहेको छ ।

मापदण्ड अनुसार क्रसर उद्योग सञ्चालन गर्दा आइर्ईई (प्रारम्भिक वातावरण परीक्षण) प्रतिवेदनमा उल्लेखित सम्पूर्ण बुँदा अनिवार्य पालना गर्नुपर्ने,क्रसर मेसिनका लागि सेड राख्नुपर्ने, बफर जोनमा वृक्षरोपण गर्नुपर्ने, घनावस्ती (१ हजार वा सोभन्दा बढी जनसंख्या वा २ सय भन्दा बढी घरधुरी एकै ठाउँमा केन्द्रित भई बसोबास गरिरहेको क्षेत्र) बाट कम्तीमा २ किलोमिटर पर उद्योग स्थापना गर्नुपर्ने, क्रसर मेसिन राखिएको स्थानबाट कम्तीमा सय फिटको रेडियसको जग्गा उद्योगले प्रयोग गर्ने व्यवस्था गर्नुपर्ने र यसका लागि नापी कार्यालयबाट प्रमाणित नक्सामा २ सय फिट लम्बाइ र २ सय फिट चौडाइका एउटै चक्लाकोजग्गा हुनपर्ने, रोडा, ढुंगा उद्योग सडकबाट ५ सय मिटर, खोलाको किनाराबाट ५ सय मिटर, शिक्षण संस्थाबाट २ किलोमिटर, स्वास्थ्य संस्थाबाट २ किलोमिटर, धार्मिक, सास्कृतिक र पुरातात्विक महत्वका स्थानबाट २ किलोमिटर, सुरक्षा निकायबाट २ किलोमिटर, वन÷निकुञ्ज र आरक्षणबाट २ किलोमिटर तथा घनावस्तीबाट २ किलोमिटर, पक्की पुलबाट ५ सय मिटर, हाइटेन्सन लाइनबाट सय मिटर र अन्तर्राष्ट्रिय सीमाबाट एक किलोमिटर टाढा हुनुपर्ने मापदण्डमा उल्लेख छ । क्रसर उद्योगलाई सर्त पालना गराउनुपर्ने सरोकारवाला निकाय सर्त पालना गर्नुको साटो उल्टै स्थानिय लाई क्रसर उद्योग नियम विपरीत खोल्न दवाव दिदै आइरहेका छन् ।

कञ्चनपुरका व्यवसायी तेज चन्द, नारद पाण्डेय र खिमानन्द अवस्थीले मिलेर ‘‘सिद्धनाथ उदयदेव अनमोल क्रसर उद्योग’’ उद्योग सञ्चालन गर्न लागेका हुन् ।

क्रसर उद्योग सञ्चालन गर्नु भन्दा पूर्व त्यहाँका स्थिानिय व्यक्तिहरुलाई भैसी पालन, कुखुरा पालन, गाई पालन र डेरी खोल्ने जस्ताझुटो कुरा गरी स्थानियको हस्ताक्षर गरेका स्थानियले बताए । त्यसैगरी घरेलुका अज्ञाकारी ना.सु नन्द राज भट्टले विद्युत हाईटेन्सन लाईन, चुरे क्षेत्रको दुरी र अन्तराष्ट्रिय सिमाना (ध्वानी प्रदुषण र वायुप्रदुषण) दुरीमापन गर्दा हवाई मापन को साटो मोटर साईकल को मिटरको आधारमा दुरी मापन गरेको प्रतिवेदन पेश गरेका छन् ।

यसरी नियम विपरीत सञ्चालन हुन लागेको क्रसर उद्योगलाई बन्द गराउन घरेलु तथा साना उद्योग कार्यालय तथा जिल्ला प्रशासन कार्यालयलाई त्यहाँका स्थानिय जनता तथा सरकारी कार्यालयले पत्र पठाई उक्त क्रसर उद्योग बन्द गराउन अनुरोध गरका छन् । अनुरोध गर्नेमा क्रेसर उद्योग देखि नजिकै रहेको उदयदेव उच्च माध्यमिक विद्यालय, नेपाल सरकारको कृषि विकास मन्त्रालय कृषि विभाग बाली विकास निर्देशानालय अन्र्तगत क्षेत्रीय बीउ विजन प्रयोगशाला, क्षेत्रीय बाली संरक्षण प्रयोगशाला, क्षेत्रीय कृषि तालिम केन्द्र, बेदकोट नगरपालिका कार्यालय, इन्द्रेणी कृषि सहकारी संस्था लि. र चन्द्रदेवल बोडिङ्ग स्कुल लगायत त्यहाँका स्थानिय जनता संर्घष समितिले अनुरोध गरे पनि जिल्ला प्रशासन कार्यालयका कार्यालय प्रमुखमनोहर प्रशाद खनाल तथा जिल्ला प्रहरीकार्यालयका एस.पी.प्रकाश बहादुर चन्दले त्यहाँका स्थानिय व्यक्तिलाई बोलाई क्रसर उद्योग सञ्चालन गर्न दिनु पर्ने अन्यथा आफुले प्रहरी प्रयोग गरेर पनि खोलाइछाडने जस्ता दबाब दिएको क्रसर उद्योग बन्द गराउन गठन भएको संघर्ष समितिका हरि प्रसाद भट्ट, खडक कुवँर र नारायण पाण्डेयले बताउनु भयो ।

 कञ्चनपुर जिल्ला प्रहरी कार्यालयका एस.पी.चन्दले स्थानिय व्यक्तिलाई रोजगारी मिल्ने साथै क्रेसर सञ्चालन गर्ने व्यापारीहरुले समेत धेरै लगानि लगाएकोले क्रेसर उद्योग सञ्चालनको विरोध गदैं आइरहेका केही व्यक्तिलाई बोलाएर मिलोमतोमा जान र क्रेसर सञ्चालन गर्न दिने जस्ता दबाब दिदै आइरहेको समेत त्यहाँका स्थानियले बताए साथै क्रसर उद्योग सञ्चलान गर्न सबै कुरा तयारी भएकोले प्रहरी प्रशासनले जबरजस्ती प्रहरी लगाएर पनि स्थापना गर्ने बताए ।

स्थानिय वासिन्दाले पटक पटक विरोध गर्दै आइरहेको भए पनि सम्बन्धि निकायले मोटो रकम खाएर भोलिको दिनमा हुने समस्या र उनीहरुको भविष्यमाथि खेलवाड गरिरहेको त्यहाँका स्थानिय बासिन्दाले बताए । सरकारले दैजी छेला क्षेत्रलाई ओधौगिक क्षेत्र घोषण गरेपनि धनाडय व्यापारीले पैसाको आडमा मनमानी आफुले चाहेको स्थानमा स्थानिय प्रशासनको मिलोमतोमा जनताको स्वास्थ्यको ख्याल नगरी मनमनी ढंगले संञ्चालन गर्दै आइरहेका छन् । 

यस पूर्व नै उक्त स्थानमा तिन चार ओटा ईटा भट्टा सञ्चालनमा आइरहेको जसले गर्दा त्यहाँका स्थानिय वासिन्दाहरुको स्वास्थ्यमा लगायत कृषि क्षेत्रमा दिन प्रतिदिन समस्या आईरहेको छ । अझै थप क्रसर उद्योग सञ्चालन भएमा त्यस क्षेत्रमा वसोबास गर्न नसकिने अवस्था सिर्जना हुनेको साथै त्यस स्थान बाट पलायन हुनुपर्ने अवस्था नआउला भन्न सकिन्न । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता