२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

जनचेतना जगाउदै डडेल्धुरामा भुकम्प स्मृती दिवस मनाईयो

१२ बैशाख २०७३, आईतवार १४:०४

बैशाख १२, डडेल्धुरा । जिल्ला प्रशासन कार्यालय डडेल्धुरा लगायतले डडेल्धुरा स्थित बसपार्कमा आईतवार भु–कम्प स्मृती दिवस मनाएको छ । भूकम्प गएको आइतबार एक वर्ष पूरा भए संगै भु–कम्पमा परि ज्यान गुमाउने, घरवार विहिन, शारिरिक अंग भंग भएकाहरुको पिडामा मलम लगाउदै प्रोतसाहन गर्ने गरी जनचेतना जगाईएको छ ।

vukampa 2
नेपालीले अब यस्तो पिडा कहिलै भोग्न नपरोस भन्ने कामनाका साथ भु–कम्प स्मृती दिवस मनाईएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रशाद लुईटेलले बताएका छन । कार्यक्रममा स्थानियलाई सचेत गराउदै प्रमुख जिल्ला अधिकारी लुईटेलले भुकम्पले मात्रै क्षति नपु¥याउदै बताउदै हामिले बनाउने संरचनाहरु भुकम्प रहत बनाउनु पर्ने बताएका थिए । उनले दैविय जोखिम कुनै पनि समयमा आई पर्ने भएकाले आम नागरिकले सचेत रहनु पर्नेमा जोड दिएका थिए ।
vukampa 3
साथै उद्दारकार्यमा संलग्न शसस्त्र प्रहरी वेस क्याम्प डडेल्धुराले डडेल्धुरा सदरमुकाम तुफानडाडामा दैविय प्रकोप उद्दार पुर्व तयारी अभ्यासको प्रदर्शन गरेको छ । पोहोर वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु बनाएर गएको ७ दशमलव ८ रेक्टर स्केलको भूकम्पमा परी झण्डै ९ हजार जनाको ज्यान गयो । हजारौं घाइते भए । लाखौं नागरिक विस्थापित भएका छन । धेरै घर, सरकारी कार्यालय, मठमन्दिर तथा ऐतिहासिक सम्पदा र धरोहर भत्किएका छन । भूकम्पले ३१ जिल्लाका नागरिक प्रभावित भए । क्षतिका आधारमा १४ जिल्ला बढी प्रभावित भएका छन ।

vukampa 1

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मङ्सिर २६ सम्म मतदाता नामावलीमा दाबी विरोध गर्न सकिने समानुपातिक निर्वाचन प्रणालीका लागि एमालेद्वारा दल दर्ता राष्ट्रिय वाणिज्य बैङ्कको ‘विजनेस मिट’ सम्पन्न नारायणी अस्पतालको भवन निर्माण सङ्घीय सरकारको प्राथमिकतामा छ : स्वास्थ्य मन्त्री गौतम जिल्ला प्रशासनमा जेनजी सुशासन योद्धाको नामावली राख्न गृहको परिपत्र एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो