2026-09-18 06:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुराको साहुखर्कमा रहेको बाजे खिर पसलमा आगलागी, लाखौँको क्षति

ललित बोहर/ बैशाख १३, डडेल्धुरा ।  डडेल्धुराको असिग्राम– ८ साहुखर्कमा रहेको बाजेको खिर पसलमा आज दिउसो आगलागी हुदा पसल पूर्ण रुपमा जलेर नष्ट भएको छ । आगलागीबाट ४–५ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । साहु खर्कको वन जंगलमा हिजो अस्ति देखि नै डढेलो फैलिएको थियो ।

जङ्गलमा लागेको डढेलोको झिल्का उडेर आउँदा आज मध्यान्ह ४ बजे आगलागि भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका इन्सपेक्टर केशव चन्दले जानकारी दिएका छन । आगलागि बाट घरमा रहेका लत्ता कपडा, खाद्यान्न, भाडाँकुडाँ लगायतका सामाग्रीहरु जलेर पूर्ण रुपमा नस्ट भएका छन । आगलागी नियन्त्रणमा गएको अमरगढी नगरपालिकाको दमकल घटना स्थल नपुगी बाटोमै बिग्रिएको छ ।

दमकल घटना स्थल नपुग्दा थप क्षति भएको प्रहरी ईन्सपेक्टर चन्दले बताएका छन । आगलागि नियन्त्रणका लागि प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना र स्थानियहरु जुटेका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई