२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

दार्चुलामा ९७ थान हतियार प्रहरी कार्यालयमा बुझाए

१३ बैशाख २०७४, बुधबार १५:२३

लोकेन्द्र प्रशाद जोशी/बैसाख १३, दार्चुला । दार्चुला जिल्लामा इजाजत लिएर राखिएका निजी हतियार बुझाउन सार्वजनिक अपिल गरेको एक महिनाको अवधिमा ९७ थान हतियार जिल्ला प्रहरी कार्यालयमा बुझाइएका छन । 

आसन्न स्थानीय तहको निर्वाचनको सुरक्षामा चुनौती बन्न सक्ने भन्दै गृह मन्त्रालयले हतियार खोज्न जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको थियो । हालसम्म प्रहरी चौकी धापमा सबैभन्दा बढी २३ थान हतियार जम्मा भएको छ । 

जिल्ला प्रहरी कार्यालय दार्चुलामा ६ थान, प्रहरी इकाइ लालीमा २ थान, इलाका प्रहरी चौकी रिठाचौपातामा ६ थान हतियार जम्मा भएको छ । यस्तै प्रहरी चौकी धौलाकोटमा ७ थान, प्रहरी चौकी जोलजीबिमा ६ थान, इलाका प्रहरी कार्यालय गोकुलेश्वरमा ६ थान, इलाका प्रहरी कार्यालय लटिनाथमा १ थान हतियार प्रहरीमा बुझाइएको छ । यसैगरी प्रहरी इकाइ सुनसेरामा ६ थान, सिप्टीमा २ थान, छापरिमा १ थान, बलाचमा १ थान हतियार जम्मा भएको छ । भने ब्रह्मदेब प्रहरी इकाइमा १, दत्तुमा १०, संकरपुरमा ८ र मालीकार्जुनमा ११ थान हतियार जम्मा भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख डिएसपी केदार खनालले जानकारी दिनुभयो । 

प्रहरीमा बुझाइएका हतियार मध्ये ८१ ओटा एक नाले र १६ ओटा दुइ नाले बन्दुक रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।  

चुनाव अवधिभरका लागि ती हतियार फिर्ता लिने भनिएपनि जिल्लामा इजाजत प्राप्त हतियार संख्या कति छ भन्ने एकिन संख्या भने नभएको डिएसपी खनालले बताउँनुभयो । 

जिल्ला प्रशासन कार्यालयको पूरानो अभिलेख अनुसार जिल्लाभरी झण्डै ७ सय ८४ थान बढि भरुवा बन्दुक रहेका छन् । तर पछिल्लो द्धन्द्धकालयता नविकरण भए नभएका हतियारबारे गाविसस्तरमा मात्र जानकारी हुने सहायक प्रमुख जिल्ला अधिकारी हर्क बहादुर सिह भनाई छ । 

निर्बाचन अवधिसम्म जम्मा भएका हतियारहरु निर्बाचन सम्पन्न भएको एक सातापछि हतियार धनीलाइ नै फिर्ता गरीने प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान