2026-11-02 03:37 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

नगरपालिका र गाउँपालिकामा लगाइएको तालाबन्दी खोलियो

बैशाख १४, राजविराज । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सप्तरीले नगरपालिका र गाउँपालिकामा लगाएको अनिश्चितकालीन तालाबन्दी बुधबारदेखि खुलेको छ । 

स्थानीय तह पुनर्संरचनाको विषयलाई थप छलफलमा लगिएपछि सो तालाबन्दी खोलिएको राष्ट्रिय जनता पार्टीका नेता गजेन्द्र मण्डल (अनुराग)ले बताउनुभयो । 

त्यस्तै, सरकारले कुनै कारणवश पुनः बेइमानी गरेमा मोर्चाले तालाबन्दीभन्दा पनि सशक्त आन्दोलन गर्ने संयुक्त लोकतान्त्रिक मोर्चा, सप्तरीका संयोजक दिनेशकुमार यादवले विज्ञप्तिमार्फत चेतावनी दिनुभएको छ । 

सरकारले जनसङ्ख्याका आधारमा स्थानीय तह निर्माण नगरेको र स्थानीय तहको पुनर्संरचना गरी सङ्घीयतालाई नै खतम गर्ने खेलमा लागेको भन्दै मोर्चाले सप्तरीका सबै स्थानीय निकायअन्तर्गतका नगरपालिका, गाउँपालिका र जिल्ला समन्वय समितिमा गत चैत ३ गतेदेखि अनिश्चितकालीन तालाबन्दी गरेका थिए । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोलिदेखि सरकारी कार्यालयको समय बिहान ९ देखि ४ बजेसम्म बाँकेको स्टिल उद्योगमा विद्युत् सर्ट भएर आगलागी, ८ जना घाइते सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा ८ हजार ३०० रुपैयाँ घट्यो पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द