२०८३, ३ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

चितवनमा ठूलो परिमाणमा घरेलु मदिरा नष्ट

२०७४, १४ बैशाख बिहीबार ०८:२३

बैशाख १४, चितवन । चितवनमा प्रहरीले १० दिनको अन्तरालमा जिल्लाका विभिन्न क्षेत्रबाट कच्चापदार्थसहित ठूलो परिमाणमा घरेलु मदिरा नष्ट गरेको छ । 

जिल्ला प्रहरी कार्यालय, चितवनले सुरु गरेको घरेलु मदिरा नियन्त्रण अभियानका क्रममा वैशाख ४ गतेदेखि आजसम्म कच्चा पदार्थसहित २३ हजार ५५० लिटर घरेलु मदिरा नष्ट गरेको हो । 

चितवनका प्रहरी उपरीक्षक दीपक थापाले आज दिएको जानकारीअनुसार घरेलु मदिरा उत्पादन गर्ने भट्टीमै पुगेर नियन्त्रण अभियान चलाइएको छ । 

आजसम्म घरेलु मदिरा बनाउने कच्चा पदार्थ १८ हजार ४६० लिटर र तयारी मदिरा पाँच हजार ९० लिटर नष्ट गरिएको प्रहरी उपरीक्षक थापाले जानकारी दिनुभयो । 

स्थानीय निकायको निर्वाचन नजिकिएसँगै जिल्लामा प्रहरीले १० वटा युनिट परिचालन गरेर घरेलु मदिरा नियन्त्रण अभियान चलाएको जनाएको छ । सो अभियानका क्रममा मदिरा बनाउन प्रयोग हुने २३३ थान भाँडासमेत बरामद गरेको छ । केही क्षेत्रका मदिरा बनाउने भट्टीसमेत भत्काइएको प्रहरीले जनाएको छ । 

जिप्रका, चितवनले भरतपुरसहित नारायणगढ, चनौली, गीतानगर, भण्डारा, लोथर भोजाड, दिव्यनगर बछ्यौली, मुग्लिन क्षेत्रमा एकैचोटी अभियान चलाइरहेको छ । निर्वाचन नजिकिएसँगै घरेलु मदिराको प्रयोग बढ्न सक्ने र यसले अपराधलाई प्रश्रय दिने आशङ्कामा निगरानी बढाइएको प्रहरीले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसदीय समितिका सभापतिका लागि रास्वपाले टुंग्यायो नाम कांग्रेसको संसदीय दलको बैठकमा प्रतिपक्ष दलको बैठक सुरु रास्वपाको संसदीय दलको बैठक सुरु कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु पूर्वमन्त्री खड्काको बन्दीप्रत्यक्षीकरणको रिटमाथि आज सुनुवाइ हुँदै सुन-चाँदीको मूल्यमा वृद्धि यूएईले दियो १२८ जना नेपालीलाई आममाफी गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता पूर्वऊर्जामन्त्री खड्काको बन्दीप्रत्यक्षीकरण रिटमा फाइल झिकाउन सर्वोच्चको आदेश मुद्दा विचाराधीन भएको अवस्थामा कुनै पनि समितिले मलाई स्पष्टीकरण सोध्नु भनेको हास्यास्पद छ: खड्का परराष्ट्र मन्त्री खनालसँग जर्मनीका राजदूतको शिष्टाचार भेटवार्ता शुक्रबार संसदीय समितिका सभापतिको निर्वाचन पूर्णबहादुर खड्कालाई कांग्रेसले सोध्यो स्पष्टीकरण कांग्रेस प्रदेशसभा सदस्य कुँवरले पदबाट राजीनामा दिए गण्डकी प्रदेशमा मन्त्रीमण्डल हेरफेर, नवनियुक्त मन्त्रीले लिए शपथ नदीमा पौडी खेल्ने क्रममा दुई जना पुरुष बेपत्ता, एकको शव फेला मन्त्रिपरिषद् बैठक बस्दै रास्वपाले संसदीय दलको बैठक बोलायो पर्यटकको संख्या गनेर मात्र देशको आर्थिक समृद्धि सम्भव हुँदैन : सभामुख अर्याल