2026-06-15

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुरा बहुमुखी क्याम्पसमा २ महिना पछि तालाबन्दि खुल्यो

ललित बोहरा, बैशाख १४, डडेल्धुरा । डडेल्धुरा बहुमुखी क्याम्पसमा विभिन्न विद्यार्थी संगठनले गरेको तालाबन्दी २ महिना पछि मंङगलबार खुलेको छ ।

campus

आन्दोलनरत पाचँ बिद्यार्थी संगठनहरुले राखेको ७ बुदे माग पुरा गर्न क्याम्पस संग सम्झौता भएपछि ताला खोलिएको क्याम्पस बचाउ अभियानका संयोजक तथा अनेरास्ववियु डडेल्धुराका उपाध्क्षयले बताए । त्रिभुवन विश्वविद्यालयको सबैभन्दा कान्छो आंगिक क्याम्पस डडेल्धुरा बहुमुखी क्याम्पसमा तालाबन्दी भएपछि महिनौँ देखि पठन–पाठन लगायतका सबै काम–काजहरु ठप्प भएका थिए ।

नेपाली काग्रेंस निकट केही कर्मचारी बिना सुचना, बिज्ञापन ,प्रकाशीत नगरी भर्ना गरेको, शिक्षकले २० पुर्णाकमा ४० नम्बर बिद्यार्थीलाई दिएको , लेखासाखाबाट नै १लाख ६० हजार चोरी भएको, कर्मचारीले यो क्याम्पसमा पढाई हुदैन यहाँ भर्ना नगर्नुस भने जस्ता अभिब्यक्ती,क्याम्पस प्रमुखलाई रकम नै नलेखेको चेकमा हस्ताक्षर गराउनु लगायतका अबैध क्रियाकपाको बिरुद्ध तालाबन्दी भएको थियो ।

क्याम्पस प्रमूख नेत्र प्रसाद पनेरुले आन्दोलित बिद्यार्थी सघंहरुका मागलाई सम्बोधन गर्ने प्रतिवद्धता जनाएपछि ताला खोलिएको हो । क्याम्पस प्रमुखको स्वेच्छाचारी प्रवृत्तिले शैक्षिक वातावरण खस्किदै गएको भन्दै विद्यार्थी संगठनहरुले गत फागुन २१ गते देखि तालाबन्दी गरेका थिए ।

क्याम्पसबाट पास गरेर गएका बिद्यार्थीहरुले चारित्रिक प्रमाण–पत्र पाउन नसकेको, रजिष्ट्रेसन फारम भर्न नपाएको र सञ्चालन हुन लागेका बिभिन्न तहका परिक्षाहरु समेत प्रभावित हुन लागेको भन्दै बिद्यार्थी संगठनहरुले आज ताला खोलेका हुन । क्याम्पसमा अनेरास्ववियु, अनेरास्ववियु क्रान्तिकारी, अनेरास्ववियु छैंटौं र राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको संयुक्त निर्णयले तालाबन्दी खोलेका हुन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ सुनचाँदीको मूल्य बढ्यो पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते