2026-09-19 12:04 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

४ वर्ष देखि डडेल्धुराको रज्यौडा गाँउका राउटेका घर अझै बनेनन

बैशाख १६, डडेल्धुरा । घर निर्माण शुरु गरेको चार वर्ष भईसक्दा सम्म पनि डडेल्धुरा परशुराम नगरपालीका रज्यौडाका राउटेहरुका घर बन्न सकेका छैन्न । घर आवास कार्यक्रम अन्र्तगत नेपाल सरकारले रज्यौडामा रहेका ४१ घर परिवार राउटेका लागि निर्माण गर्ने भएको थियो ।

घर बन्दै गर्दा अख्तियारले भित्रिमधेशका सामुदायि वन उपभोक्ता समुहलाई मुद्धा चलाए पछि काठ नपाउँदा घर निर्माण कार्य अबरुद्ध भएको हो । भित्रिमधेश क्षेत्रमा रहेका १ सय ८ वनमा लागेको वन मुद्दाकै कारण देखाएर काठ रोकिए पछि काम बन्द हुँदा धान खाने मुसो चोट खाने बिरालो भन्ने नियति राउटेहरु भोग्दै आएका छन् । वसोवासका लागि घर नहुँदा समस्या भएको भन्दै राउटे चिन्तीत वनेका छन् ।

विषेश अदालतको फैसला अनुसार भित्रि मधेश क्षेत्रका सामुदायिक वनमा काटीएको काठ विक्रि हुँदा सम्म पनि राउटेहरुले घर निर्माणका लागि काठ पाउन सकिएको छैन । यसै आर्थीक वर्ष भित्रै निर्माण गर्नका लागि केही समय भित्रै काम शुचारु हुने डडेल्धुराका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुईटेलले बताएका छन ।

डडेल्धुराको भित्रिमधेशका विभिन्न क्षेत्रमा ८६ घर परिवार लोपउन्मुख राउटेको वसोवास रहेको छ । तरुल गिठा खाने, जंगली व्यवहारबाट आम मानिसको जस्तै सामाजिक जीवनमा प्रवेश गरेका राउटेहरुका लागि आएको घर आवास कार्यक्रम वन फडानी र कटानीमा कुनै संग्लग्नता नभएका निर्दोश राउटेहरुका लागि घर बनाउने र नयाँ घरमा बस्न पाउने कुरा आकाशको फल आँखा तरि मर भने जस्तै भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई