२०८२, ११ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

स्थानीय स्तरबाटै शान्ति र मेलमिलापको वातावरण तर्जुमा गरिनु पर्नेमा जोड

२०७३, १६ बैशाख बिहीबार १३:३२

बैशाख १६, डडेल्धुरा । स्थानीय शान्ति समिति डडेल्धुराद्वारा आयोजना गरिएकोे शान्ति प्रर्वद्धन तथा मेलमिलाप सम्बन्धी २ दिने तालिम आज बाट शूरु भएको छ । स्थानीय स्तरबाट शान्ति स्थापनामा सहयोग गरिनुपर्ने र गाबिस सचिवहरुद्धारा समुदायमा शान्तिको सन्देश पु¥याउने उद्देश्यले तालिमको आयोजना गरिएको स्थानिय शान्ति समिति डडेल्धुराका संयोजक गजेन्द्र शाहीले जानकारी दिएका छन ।

स्थानिय स्तरमा मेलमिलाप कसरी गर्ने, समाजमा हुने गरेका विभिन्न खाले बिबादहरुलाई कसरी सुल्झाउने र समाजमा कसरी भाइचाराको भावना स्थापित गराउने भन्ने बारेमा छलफल गरिने संयोजक साहीले बताएका छन । तालिमको उद्धाटन सत्रमा बोल्दै सहायक प्रमूख जिल्ला अधिकारी करुणाकर अवस्थीले स्थानीय स्तरबाट शान्ति र मेलमिलापको वातावरण तर्जुमा गरिनु पर्नेमा जोड दिएका छन ।

समाजमा मेलमिलाप गराउनमा गाबिस सचिवहरुको महत्वपूर्ण भूमिका रहेकाले गाविस सचिवहरुले लागि पर्नुपर्ने बताएका छन । तालिममा डडेल्धुराका १८ वटै गाविसका गाविस सचिवहरुको सहभागिता छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हामी सडकबाट सशक्त रूपमा सरकार चलाउने छौं: कुलमान घिसिङ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु अर्जुननरसिंह केसीले गरे पदभार ग्रहण रवि लामिछानेलाई अमेरिकाले दियो बधाई राष्ट्रपतिबाट प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ पूर्वसांसद गोविन्दविक्रम शाहको निधन कुवेत विमानस्थलमा इरानी ड्रोन आक्रमण सुनचाँदीको मुल्य बढ्यो एसईईमा सहभागी हुने विद्यार्थी घटे रवि लामिछानेकाे मुद्दा आज पनि हेर्दाहेर्दैमा आयल निगमले एक सातापछि भरी सिलिन्डर ग्यास बिक्री गर्ने एनआरएनए आईसीसी सह–कोषाध्यक्षमा गङ्गा खतिवडा निर्विरोध, आर्थिक पारदर्शितामा नयाँ भरोसा ‘दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज प्रतियोगिता २०२६’ झापाको दमकमा आयोजना हुँदै भिरबाट लडेर ९ वर्षीया बालिकाको मृत्यु केन्द्रीय कार्यसमितिको निर्णयको सम्मान गर्छु : गगन थापा भदौ २४ गते नेताको घरमा भेटिएको र जलेको पैसाबारे अनुसन्धान हुनुपर्छ: गगन थापा हतारोमा र हताश भएर राजीनामा दिएको होइन: गगन थापा कांग्रेसको केन्द्रीय समितिको बैठकमा छलफलका लागि ५ एजेन्डा तय ज्वाइँको हत्या गरी फरार रहेका ससुरा पक्राउ रवि लामिछानेविरुद्धको मुद्दा फिर्ता प्रकरणको रिटमा आज पनि सुनुवाइ