वैशाख १६, चितवन । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका तालतलैया खडेरीका कारण सुक्न थालेपछि खोलाबाट पानी व्यवस्थापनको काम सुरु भएको छ ।

मुख्यगरी चि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... वैशाख १६, चितवन । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका तालतलैया खडेरीका कारण सुक्न थालेपछि खोलाबाट पानी व्यवस्थापनको काम सुरु भएको छ ।

मुख्यगरी चि"/>

२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

तालतलैया सुकेर वन्यजन्तुलाई असर पर्न थालेपछि खोलाबाट पानीको व्यवस्थापन

१६ बैशाख २०७४, शनिबार १०:१७

वैशाख १६, चितवन । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका तालतलैया खडेरीका कारण सुक्न थालेपछि खोलाबाट पानी व्यवस्थापनको काम सुरु भएको छ ।

मुख्यगरी चितवनको पूर्वी क्षेत्रमा रहेको कुमरोज मध्यवर्ती सामुदायिक वनले तालतलैया सुख्खा हुन नदिन राप्ती खोलाबाट पानी पठाउन थालेको हो । नदीमा समेत पानी घटेकाले खोलाको बगर खनेर जङ्गलका ताल तलैयामा पानी पठाउन थालिएको वन कार्यालयका सचिव भरतप्रसाद नेपालले जानकारी दिए । 

उनका अनुसार कुमरोज सामुदायिक वन बाघ, गैँडा, हात्ती, जरायो, चित्तल, बँदेललगायत वन्यजन्तुको बासस्थान र विचरण क्षेत्र हो। त्यसैका कारण यहाँ पर्यटकहरु आइरहेका छन्। पानीका तालहरु सुख्खा हुन थालेपछि वन्यजन्तुहरुले बासस्थान परिवर्तन गर्ने भएकाले तिनीहरुको संरक्षणका लागि यसरी तालमा पानीको व्यवस्थापन गर्न थालिएको हो।

कुमरोज सामुदायिक वनमा वन्यजन्तुका लागि आठ वटा ताल छन् । तीमध्ये लामि, गैँडा, हेलिप्याड र जैविक ताल मुख्य हुन् । यहाँ रहेका झन्डै एक दर्जन गैँडाहरु यही तालमा रमाउने गर्दछन्। तर अहिले जैविक र राइनोलगायत चार वटा ताल सुख्खा हुन थालेकाले पानीको व्यवस्थापन गरेर तालमा पानी पठाउने काम थालिएको चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र, बूढी राप्ती उपभोक्ता समितिका कार्यालय सचिव गोविन्द दराईले बताए । 

अहिले करिब एक लाख रुपैयाँको लगानीमा समुदायलाई समेत सहभागी गराएर पानीको व्यवस्थापन थालिएको छ । वर्षा नहुँदासम्म पानीको समस्या हुने भएकाले राप्ती नदीको पानी छेकेरै वनमा ल्याइएको हो। यो सामुदायिक वन झण्डै ७०० हेक्टरमा फैलिएको छ । 

वनमा पछिल्लो समयमा पर्यटन विकास भएपछि पर्यटकका लागि हात्ती सफारी र जीप सफारी कार्यक्रमसमेत सञ्चालन गरिएको छ। चितवन निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्याल अन्य क्षेत्रका तालमा समेत खडेरीले समस्या पारेको बताउँछन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य