पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>बैशाख १६, लमजुङ ।</b> निर्माणाधीन घरको सेफ्टी ट्याङ्कीमा डुबेर आज एक बालकको मृत्यु भएको छ । <br></p><p>बेँसीसहर नगरपालिका–८ शेरा बजारमा छ वर्षीय प्रवेश गुरुङको मृत्यु भएको हो । साथीहरुसँग खेल्ने क्रममा गुरुङ सेफ्टी ट्याङ्कीमा खसेका थिए । </p><p>खाडलबाट निकालेर अस्पताल लैजाँदै गर्दा उनको बाटोमा नै मृत्यु भएको प्रहरी निरीक्षक गौरव महतले जानकारी दिनुभयो । मृतक गुरुङ डायमन्ड हिल एकेडेमी बेँसीसहरमा एलकेजीमा पढ्दै थिए । रासस </p>

