पढ्न करिब 1 मिनेट लाग्छ

बैशाख १७, बेनी (म्याग्दी) | म्याग्दीको बेनी नगरपालिका–६ एकपाटेका स्थानीयवासीले चन्दा सङ्कलन गरेर रु आठ लाखको लागतमा उमा महेश्वर शिवालय मन्दिरको निर्माण गरी शिवलिङ्ग र मूर्ति स्थापना गरेका छन् ।

स्थानीयवासीले आर्थिक सङ्कलन अभियान सञ्चालन गरी निर्माण गरेको मन्दिरको शनिबार एक कार्यक्रमका बीच जिल्ला समन्वय समितिका स्थानीय विकास अधिकारी प्रेमराज गिरीले उद्घाटन गर्नुभयो ।

कार्यक्रममा पुलस्त्य ऋषिको तपोभूमि क्षेत्रमा निर्माण गरिएको मन्दिर धार्मिक पर्यटकका लागि महत्वपूर्ण स्थान हुने नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष प्रमोद श्रेष्ठले बताउनुभयो । उपाध्यक्ष श्रेष्ठले बेनी नगरपालिकाभित्र रहेका धार्मिक क्षेत्रको प्रचारप्रसारमा आफूले योजना बनाएको समेत जानकारी दिनुभयो ।

कार्यक्रममा चन्दादाताहरु समाजसेवी हरिकुमार श्रेष्ठ, नगेन्द्र केसी, भोजनाथ पौडेलले सो मन्दिरको धार्मिक र ऐतिहासिक महत्वमाथि प्रकाश पार्नुुभएको थियो । रासस