२०८३, ३ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुराका नागरिकमा रक्तदान गर्ने बानि अझै परेन

२०७३, १८ बैशाख शनिबार ०३:०६

बैशाख १८, डडेल्धुरा । रक्तदान गर्ने वानि व्यहारमा लागु नहुदा डडेल्धुराकमा सञ्चालनमा रहेको रक्त सञ्चय ब्लड बैंकमा रगतको अभाव हुने गरेको नेपाल रेडक्रस सोसाईटी डडेल्धुराले जनाएको छ ।

नेपाल रेडक्रस सोसाईटी शाखा डडेल्धुराले ब्लड बैंक संञ्चालन गर्ने अनुमति पाएको भए पनि रक्तदान गर्ने व्यक्तिको अभावमा रगत आपुर्ती हुन नसकेको जनाएको हो ।

शुक्रवार आफ्नो नियमित बैठकमा जानकारी गराउदै रेडक्रसले विभिन्न समयमा रक्तदान शिविरको आयोजना गरे पनि रक्त दान दाताको अभाव हुने गरेको जनाएको छ । ब्लड बैंकसंग आवश्यक जनशक्ति सामाग्रीहरु उपलब्ध भए पनि रक्तदान दाताको अभाममा उपक्षेत्रिय अस्पतालमा आवश्यक रगत आपुर्ती गर्न नसकेको जनाएको हो । ब्लड बैंक डडेल्धुराले एक सय पिन्ट रगत सञ्चय गर्न सक्दछ । बैठकले स्थानिय सञ्चारका माध्यमहरुमा रक्तदान सम्बन्धि जनचेतना मुलक संन्देश प्रशारण गर्ने र आउदो बैशाख २० गते उपक्षेत्रय अस्पतामा रक्तदान शिविर गर्ने निर्णय पनि गरेको छ ।

१८ देखि ६० बर्ष उमेरका ४५ किलोग्राम माथि तौल भएका स्वस्थ नागरिकले प्रत्येक तिन तिन महिनामा रक्तदान गर्न सकिने ब्लड बैंक प्रमुख गणेश ऐरले बताएका छन । रगतको विकल्पमा बैज्ञानिकहरुले पनी अहिले सम्म कुनै विकल्पको आविस्कार गर्न नसकेकाले पनि रक्तदान जीवन दान समान छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला अहिलेको संविधानप्रति सरकार पूर्ण बफादार छ: अर्थमन्त्री वाग्ले नेप्सेमा गिरावट बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार ! सभामुखलाई भेट्न पुगे विपक्षी दल संसदीय समितिका सभापतिका लागि रास्वपाले टुंग्यायो नाम कांग्रेसको संसदीय दलको बैठकमा प्रतिपक्ष दलको बैठक सुरु रास्वपाको संसदीय दलको बैठक सुरु कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु पूर्वमन्त्री खड्काको बन्दीप्रत्यक्षीकरणको रिटमाथि आज सुनुवाइ हुँदै सुन-चाँदीको मूल्यमा वृद्धि यूएईले दियो १२८ जना नेपालीलाई आममाफी गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता