२०८३, ३ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

नम्बर नखुलेको सवारीको ठक्करबाट एकको मृत्यु, एक घाइते

२०७४, १८ बैशाख सोमबार ०६:२६

बैशाख १८, चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको जलबिरेमा  सोमबार बिहान पहिचान नभएको सवारी साधनले ठक्कर दिँदा मोटरसाइकलमा सवार एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । 

इलाका प्रहरी कार्यालय, मुग्लिनले दिएको जानकारीअनुसार नारायणगढतर्फ आउँदै गरेको वा६७प ६१९५ नंरको मोटरसाइकलाई नम्बर नखुलेको सवारी साधनले ठक्कर दिँदा मोटरसाइकलमा पछाडि सवार ३९ वर्षीय जगविन्द्र धौलाकोटीको घटनास्थलमा नै मृत्यु भएको हो । उनी भेरीगङ्गा–१३ सुर्खेतका भएको प्रहरीले जनाएको छ । 

मोटरसाइकल चालक चपुर–१ रौतहटका निलबहादुर परियारको भरतपुरको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनको अवस्था गम्भीर रहेको छ । 

नारायणगढतर्फ नै आउँदै गरेको ट्याङ्करले ठक्कर दिएको आशङ्कामा एउटा ट्याङ्करलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला अहिलेको संविधानप्रति सरकार पूर्ण बफादार छ: अर्थमन्त्री वाग्ले नेप्सेमा गिरावट बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार ! सभामुखलाई भेट्न पुगे विपक्षी दल संसदीय समितिका सभापतिका लागि रास्वपाले टुंग्यायो नाम कांग्रेसको संसदीय दलको बैठकमा प्रतिपक्ष दलको बैठक सुरु रास्वपाको संसदीय दलको बैठक सुरु कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु पूर्वमन्त्री खड्काको बन्दीप्रत्यक्षीकरणको रिटमाथि आज सुनुवाइ हुँदै सुन-चाँदीको मूल्यमा वृद्धि यूएईले दियो १२८ जना नेपालीलाई आममाफी गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता