पढ्न करिब 1 मिनेट लाग्छ

वैशाख १८, झापा । प्रहरीले झापाको दमकबाट ‘कल वाइपास’ गर्ने एक युवालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत कोलकत्ता घर भई हाल दमक नगरपालिकामा डेरा गरी बस्ने ३३ वर्षका अमन सिंह रहेका छन् । उनलाई इलाका प्रहरी कार्यालय, दमकको टोलीले आइतबार राति विशेष सूचनाका आधारमा पक्राउ गरेको प्रहरी नायब उपरीक्षक राजन लिम्बूले जानकारी दिनुभयो ।

उनी दमक नगरपालिका-५ स्थित मनिष लिम्बूको घरमा डेरा गरी बस्दै आएको बताइएको छ ।

प्रहरीले उनको कोठाबाट कल वाइपास गर्ने उपकरण, इन्भर्टर, इन्भर्टरको ब्याट्री, एक सय थान नेपाल टेलिकमका सिम कार्ड र १ सय ५० थान एनसेलका सिमकार्ड तथा रिचार्ज कार्ड बरामद गरेको प्रहरी नायब उपरीक्षक लिम्बूले बताउनुभयो । पक्राउ परेका सिंहलाई इप्रका, दमकमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस