बैशाख २१, डडेल्धुरा । बैशाख १७ गते डडेल्धुराको बागबजारमा भएको भिषण आगलागिका पिडितहरुका लागि डडेल्धुरा उद्योग बाणिज्य सघं राहत सङ्कलनमा लागेको छ । डडेल्धुराको मुख्य व्यापारीक केन्द्र बागबजार, तुफाँनडाडाँ, खलङ्गा, पोखरा, स्याउले, भात्काडाँ र अनारखोली सम्मका व्यापारीहरु बाट राहत सङ्कलन गर्नुका साथै पत्राचारका माध्यम बाट समेत अन्य संस्था तथा व्यक्तिहरु बाट पनि सङ्कलन गरिने लगायतका निर्णय सर्वसम्मतिबाट पारित गरिएको सघंका महासचिव द्धिजराज भट्टले बताएका छन ।
सघंको आज बसेको बैठकले राहत सङ्कलनका साथै अन्य निर्णयहरु समेत गरेको छ । जसमा आगलागि नियन्त्रणका लागि खटिएका डोजर अपरेटर हरी सिहं बिष्टलाई बार्षिक साधारण सभामा सम्मान गरिने, अमरगढी नगरपालिका लगायतका अन्य कार्यालयहरुमा भएको क्षतिपूर्ति मा खेद प्रकट गर्दै बिज्ञप्ती निकालिएको छ ।