बैशाख २२, डडेल्धुरा । गद्धी भैसी संरक्षणका लागि डडेल्धुराको अशिग्राम गाविसका स्थानियहरु सक्रिय हुन थालेका छन । जिल्ला पशु सेवा कार्यालय डडेल्धुराको प्राविधिक तथा आर्थीक सहयोगमा समुह गठन गरेर अशिग्राम गाविसवासी गद्धी भैसी संरक्षणमा सक्रिय भएका हुन ।
नेपाल बाटै लोप हुन थालेको गद्धी भैसी संरक्षणका लागि जिल्ला पशु सेवा कार्यालय डडेल्धुराले लामो समय देखि विभिन्न कार्यक्रमको आयोजना गर्दै आईरहेको छ । अशिग्राम गाविसमा मात्रै करिव १ सय ५० गद्धी भैसी रहेको जिल्ला पशु सेवाका कार्यालय डडेल्धुराले जनाएको छ ।
गाडी जस्तै ठूलो हुने भएकाले उक्त भैसीलाई गड्डी भैसी भनिएको हो । गद्धी भैसी संरक्षणका लागि गठित गद्धी भैसी संरक्षण तथा सम्वद्र्धन समुहको जिल्ला पशुसेवा कार्यालयमा सम्पन्न गोष्ठीका सहभागिहरुले गद्धी भैसी संरक्षणका लागि सक्रिय रुपमा लाग्ने बताएका छन् ।