सागर शर्मा/बैशाख १८, प्यूठान । प्यूठानमा क्रियाशिल पत्रकारहरुका लागि फिचर लेखन तालिम सोमबार देखि जिल्ला समन्वय समिति प्यूठानको सभाहलमा सञ्चालन  गरिएको "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सागर शर्मा/बैशाख १८, प्यूठान । प्यूठानमा क्रियाशिल पत्रकारहरुका लागि फिचर लेखन तालिम सोमबार देखि जिल्ला समन्वय समिति प्यूठानको सभाहलमा सञ्चालन  गरिएको "/>

2026-09-19 06:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

प्युठानमा पत्रकारहरुका लागि फिचर लेखन तालिम सञ्चालन


सागर शर्मा/बैशाख १८, प्यूठान । प्यूठानमा क्रियाशिल पत्रकारहरुका लागि फिचर लेखन तालिम सोमबार देखि जिल्ला समन्वय समिति प्यूठानको सभाहलमा सञ्चालन  गरिएको छ । 

जिल्लाका क्रियाशिल पत्रकारको समाचारको रुपकको गुणस्तरीयता प्रदान गर्न तालिम सञ्चालन गरिएको महासंघका उपाध्यक्ष एलवी थापाले वताए । नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्यूठानको आयोजना तथा जिल्ला समन्वय समितिको कार्यालय प्यूठानको  सहयोगमा तालिम सञ्चालन गरिएको हो । 

तालिमको उद्घाटन प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले गरेका हुन् । उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले समयसंगै पत्रकारिताको तिव्र विकास भएका कारण पत्रकारितामा गुणस्तर तथा प्रभावकारितामा ध्यान दिनु पर्ने बताए । ब्यक्तिगत मुद्धाहरु पत्रकारितामा बढ्दै गएको भन्दै समाचार लेखाईमा  तथ्य परक समाचारलाई ध्यान दिन आग्रह गरे ।  

नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्यूठानका अध्यक्ष महाविर रानाको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलको प्रमुख आतिथ्यता, जिल्ला समन्वय समिति कार्यालय प्यूठानका स्थानीय विकास अधिकारी इन्द्र प्रसाद बस्यालको आतिथ्यतामा  तालिमको उद्घाटन गरिएको हो । 

तालिममा २० जना पत्रकारहरुको सहभागिता रहेको छ  । तालिम २० गतेसम्म चल्ने पत्रकार महासंघ प्यूठानले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई