२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अजित सिंह नेतृत्वको मोर्चा एमालेमा विलय

१९ बैशाख २०७४, मंगलवार ०२:४६

बैशाख १९, सप्तरी । अजित सिंह भनिने अजय यादवले नेतृत्व गरेको अखिल तराई मुक्ति मोर्चा (अजित सिंह समूह) नेकपा (एमाले) मा विलय भएको छ । 

सप्तरीको लालापट्टी गाउँमा हालै भएको पार्टी प्रवेश कार्यक्रममा सिंहसहित सिङ्गो मोर्चा एमालेमा विलय भएको घोषणा भएको नेकपा (एमाले) सप्तरीका मनोहर पोखरेलले सोमबार जानकारी दिनुभयो । एमाले स्थायी कमिटी सदस्य रामप्रीत पासवानले उहाँहरुलाई अबिर र माला लगाई पार्टी प्रवेश गराउनुभएको उहाँले जानकारी दिनुभयो । 

कार्यक्रममा मोर्चाका केन्द्रीय सदस्यहरु छेदी राम, अशोक यादव, देवराज यादव, छोटुबाबु, देवकुमार यादव, मोरङका इन्चार्ज महेन्द्र मुखिया, सुनसरीका अध्यक्ष देवराज यादव, राजविराज नगर इन्चार्ज विनोदकुमार दास, सप्तरी जिल्ला सदस्यहरु मनोज मुखिया, परमानन्द यादव, भूपेन्द्र यादव, प्रमोद यादव, श्रवण कामतलगायतकाले पार्टी प्रवेश गरे । 

सिंहले आफ्ना सबै हतियार सरकारलाई बुझाएपछि दुई वर्षदेखि स्वतन्त्र जीवन बिताइरहेका थिए । पार्टी प्रवेश गराउँदै एमाले नेता पासवानले स्थानीय निर्वाचन नहुन्जेल केन्द्रमा रहेको अधिकार जनतामा नपुग्ने भएकाले सबैलाई निर्वाचनमा जुट्न आग्रह गर्नुभयो । 

कार्यक्रममा एमाले जिल्ला सदस्यहरु जयप्रकाश ठाकुर, विनोद यादव, अशोक यादवलगायतको उपस्थिति थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की