2026-09-12 10:21 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अजित सिंह नेतृत्वको मोर्चा एमालेमा विलय

बैशाख १९, सप्तरी । अजित सिंह भनिने अजय यादवले नेतृत्व गरेको अखिल तराई मुक्ति मोर्चा (अजित सिंह समूह) नेकपा (एमाले) मा विलय भएको छ । 

सप्तरीको लालापट्टी गाउँमा हालै भएको पार्टी प्रवेश कार्यक्रममा सिंहसहित सिङ्गो मोर्चा एमालेमा विलय भएको घोषणा भएको नेकपा (एमाले) सप्तरीका मनोहर पोखरेलले सोमबार जानकारी दिनुभयो । एमाले स्थायी कमिटी सदस्य रामप्रीत पासवानले उहाँहरुलाई अबिर र माला लगाई पार्टी प्रवेश गराउनुभएको उहाँले जानकारी दिनुभयो । 

कार्यक्रममा मोर्चाका केन्द्रीय सदस्यहरु छेदी राम, अशोक यादव, देवराज यादव, छोटुबाबु, देवकुमार यादव, मोरङका इन्चार्ज महेन्द्र मुखिया, सुनसरीका अध्यक्ष देवराज यादव, राजविराज नगर इन्चार्ज विनोदकुमार दास, सप्तरी जिल्ला सदस्यहरु मनोज मुखिया, परमानन्द यादव, भूपेन्द्र यादव, प्रमोद यादव, श्रवण कामतलगायतकाले पार्टी प्रवेश गरे । 

सिंहले आफ्ना सबै हतियार सरकारलाई बुझाएपछि दुई वर्षदेखि स्वतन्त्र जीवन बिताइरहेका थिए । पार्टी प्रवेश गराउँदै एमाले नेता पासवानले स्थानीय निर्वाचन नहुन्जेल केन्द्रमा रहेको अधिकार जनतामा नपुग्ने भएकाले सबैलाई निर्वाचनमा जुट्न आग्रह गर्नुभयो । 

कार्यक्रममा एमाले जिल्ला सदस्यहरु जयप्रकाश ठाकुर, विनोद यादव, अशोक यादवलगायतको उपस्थिति थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगनकुमार थापा एमाले पुनर्गठन कार्यदल बैठक बस्दै कांग्रेस महाधिवेशन तोकिएकै मितिमा हुन्छ, एक घण्टा पनि सर्दैन : गगन थापा प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता सुनचाँदीको मुल्य घट्यो राष्ट्रपतिसमक्ष लोक सेवा आयोगको वार्षिक प्रतिवेदन पेस